593 views 0 secs 0 comments

प्रसूति गृहमा सुत्केरी र बच्चाको मृत्यु भएपछि तनाव…

In समाज
२ श्रावण २०७६, बिहीबार १८:१०

सुत्केरीको निधन भएपछि तनावग्रस्त बनेको थापाथलीस्थित प्रसूति गृहमा अहिले बिरामी पक्ष र अस्पताल प्रशासन बीच वार्ता भइरहेको छ। बिरामी पक्षले अस्पतालको लापरवाही भनेर दाबी गरेपनि त्यो गलत भएको अस्पताल प्रशासनले जनाएको छ।

नुवाकोट दुप्चेकी कल्पना तामाङलाई गत मंगलबार सुत्केरी गराउन अस्पताल भर्ना गरिएको थियो। हिजो बुधबार अपरशेनको क्रममा बच्चा र आमा दुबैको मृत्यु भयो।त्यसपछि मृतकको आफन्तहरु आक्रोशित बनेका थिए। मृतकका आफन्तको आरोप अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाही भएको भन्ने छ।