
जिल्ला प्रहरी कार्यालय पर्साले भारत तस्करी हुँदै गरेको १२० किलोग्राम गाजासहित ४ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका-१७ का २१ वर्षीय रमेश लामिछाने (कार चालक), पर्साको पटेर्वासुगौली गाउँपालिका-४ का ४२ वर्षीय प्रेम दास (मोटरसाइकल चालक), पर्साकै सखुवाप्रसौनी गाउँपालिका-६ का ३५ वर्षीय राजेश खवास र सर्लाहीको लालबन्दी नगरपालिका-१७ का २० वर्षीय डम्मरमणि घिमिरे रहेका छन् ।