समाज
३१ श्रावण २०७६, शुक्रबार ०९:२७
534 views 0 secs 0

काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु…

हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो। काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको चितवन […]

समाज
३१ श्रावण २०७६, शुक्रबार ०८:३६
519 views 0 secs 0

गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा …

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ। आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको […]

समाज
३१ श्रावण २०७६, शुक्रबार ०७:५४
593 views 0 secs 0

नेकपा प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा ३ वटा बम विस्फोट …

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ ।ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो ।इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरे । बम ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु […]

समाज
३० श्रावण २०७६, बिहीबार १६:४६
523 views 0 secs 0

वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि….

वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए ।उनीप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, […]

समाज
३० श्रावण २०७६, बिहीबार १६:१३
615 views 0 secs 0

एसियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौंडामा बिहीबार मुद्दा दायर ….

नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एसियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौंडामा बिहीबार मुद्दा दायर भएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो ।उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने […]

समाज
३० श्रावण २०७६, बिहीबार १४:२५
895 views 0 secs 0

माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा करेन्ट लागेर सहचालकको मृत्यु…

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर […]

समाज, स्वास्थ्य/जीवनशैली
३० श्रावण २०७६, बिहीबार १३:०७
1153 views 0 secs 0

तनहुँका अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी चाप बढ्यो…

तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम शुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन्। अस्पतालमा पहिला दैनिक ७५ देखि १०० सम्म बिरामी आउने गरेकामा अहिले झण्डै दोब्बर बिरामी उपचारका लागि आउने गरेका दमौली अस्पतालका प्रमुख डा सुनिल पौडलले बताए । उनका अनुसार […]

समाज
३० श्रावण २०७६, बिहीबार १२:२५
789 views 0 secs 0

झापामा बलात्कार गर्न खोज्ने युवकमाथि खुकुरी प्रहार गरी बालिकाले आत्मरक्षा गरीन…

बलात्कार गर्न खोज्ने युवकमाथि खुकुरी प्रहार गरी बालिकाले आत्मरक्षा गरेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीया बालिकाले आफूमाथि बलात्कार गर्न खोज्ने धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङमाथि खुकुरी प्रहार गरी आत्मरक्षा गरेकी हुन्। घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक बलात्कार गर्दै आएको घटनापछि खुलेको छ। बालिकाकी आमा वैदेशिक रोजगारीका […]

समाज
३० श्रावण २०७६, बिहीबार ११:४४
693 views 1 sec 0

मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ …

मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामा छन् । उनीहरुलाई हेटौंडा उपहानगरपालिका- १० बसपार्क सडकखण्डबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । भिमसेन चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने […]

देश, समाज
२९ श्रावण २०७६, बुधबार १८:५५
595 views 0 secs 0

बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका डंगोल पक्राउ…

बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन् । डंगोललाई केही दिनअघि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । डंगोलले बेलायती नागरिक डिना स्मिथलाई बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ ।