557 views 0 secs 0 comments

एसियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौंडामा बिहीबार मुद्दा दायर ….

In समाज
३० श्रावण २०७६, बिहीबार १६:१३

नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एसियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौंडामा बिहीबार मुद्दा दायर भएको छ ।
नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो ।उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।
सो कार्यालयले एक वर्ष कैद र १० हजार जरिवाना माग दावीसहित मुद्दा दायर गरेको बताएको छ ।
यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरुको अनुगमन र निरीक्षण गर्दा एक दर्जनभन्दा बढी पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा कैफियत देखिएकाले समेत कारवाही गरेको सो कार्यालय जनाएको छ ।