सार्वजनिक सेवा चुस्त बनाउन गृहमन्त्रीद्वारा समिति गठन
४ मंसिर, काठमाडौँ। उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल गर्न एक समिति र पाँच उपसमिति गठन गरेका छन्। उनले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा एक समिति र अन्य पाँच उपसमिति गठन गरेका हुन्। उनले गृह प्रशासनको नीतिगत सुधारमा आफूलाई केन्द्रित गराएको बताए। […]