
३ मंसिर, काठमाडौँ।
बर्दियामा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।
बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।