11 views 1 sec 0 comments

ललितपुरमा लाखौँ पैसाको चोरी

In देश, समाज
४ मंसिर २०८०, सोमबार १५:५४

४ मंसिर, काठमाडौँ ।

ललितपुर । ललितपुरको एक घरमा लाखौँको चोरी भएको छ । ललितपुर महानगरपालिका-२४ धापाखेल नख्खुडोल टोल डेरा गरी बस्ने जयराम घिमिरेको कोठाबाट सो चोरी भएको हो । घरमा कोही नभएको अवस्थामा सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।