समाज
२५ भाद्र २०७६, बुधबार १०:३६
867 views 0 secs 0

घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै भाग्दै गर्दा एक युवक पक्राउ ….

सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मंगलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा […]

समाज
२४ भाद्र २०७६, मंगलवार १५:१४
717 views 0 secs 0

लुम्बिनी अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु…

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन राना रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । भुसुनाको टोकाइबाट यो रोग लाग्ने गर्दछ […]

समाज
२४ भाद्र २०७६, मंगलवार १४:५१
576 views 0 secs 0

यौन दुर्व्यवहार गरेको अभियोगमा पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ …

प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् । एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो । पक्राउ परेका घिसिङलाई जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी भइरहेको एसपी सिंहले जानकारी दिइन् । पक्राउ […]

समाज
२४ भाद्र २०७६, मंगलवार १४:२१
790 views 0 secs 0

राजधानीमा व्यक्ति हत्याको योजना बनाएर बाराबाट काठमाडौं आइपुगेका एक व्यक्तिलाई पेस्तोल र गोलीसहित पक्राउ …

राजधानीमा व्यक्ति हत्याको योजना बनाएर बाराबाट काठमाडौं आइपुगेका एक व्यक्तिलाई भक्तपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बारा फेटा गाउँपालिका-३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई सोमबार राति साढे ८ बजे पक्राउ गरेको हो। भक्तपुर परिसर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार साहलाई जगाती क्षेत्रबाट पक्राउ गरिएको हो। उनी त्यहाँ […]

समाज
२४ भाद्र २०७६, मंगलवार १३:४०
601 views 0 secs 0

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ …

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए। दर्नाल डा. घिमिरेको घरमा लामो समयदेखि सहयोगीका रुपमा काम गर्दै आएकी थिइन्। घरमा कोही नभएको मौका छोपेर महिलाले घरको […]

समाज
२४ भाद्र २०७६, मंगलवार १२:२७
770 views 0 secs 0

काठमाडौं उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरू,सरकारले इन्द्रजात्राको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा …

काठमाडौं उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरू भएको छ। काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो य:सिं ठड्याएर इन्द्रजात्राको सुरूआत गरिएको हो। भक्तपुरको चित्तपोलबाट ल्याइएको य:सिं हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने चलन रहेको छ। यो य:सिं गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरू भएको मानिन्छ। इन्द्र जात्रा सुरू भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच […]

समाज
२४ भाद्र २०७६, मंगलवार ११:४८
684 views 0 secs 0

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा ९ जना पक्राउ…

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो। सोही स्थानमा आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गरेकी एक युवतीलाई स्थानीय दश युवाले डरत्रास देखाइ उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी […]

समाज
२४ भाद्र २०७६, मंगलवार ११:१९
592 views 0 secs 0

रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा सरकारी वकील कार्यालयको निवेदन

सरकारी वकिलको कार्यालय, हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन आरोपमा धरौटीमा रिहा भएका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै सोमबार उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएको छ। केही दिनअघि चितवन जिल्ला अदालतको धरौटी लिने तथा विदेश भ्रमणमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध आरोपी […]

समाज
२३ भाद्र २०७६, सोमबार १६:२३
760 views 0 secs 0

वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु …

वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका ३२ बर्षका अजय दासको मृत्यु भएको हो । वीरगञ्ज -१५ ब्रम्हचौकमा स्थानीय माइक मेहताले बनाउँदै गरेको ओम होटल एण्ड पार्टी प्यालेसमा विद्युतको काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए ।घाइते अवस्थामा उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको […]

समाज
२३ भाद्र २०७६, सोमबार १५:५५
694 views 0 secs 0

पर्सामा ५ हजार घूससहित प्रहरी जवान पक्राउ…

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवानलाई घूससहित पक्राउ परेको छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रहरी जवान गम्हीरा साह तेलीलाई सेवाग्राहीसँग ५ हजार घूस लिइरहेको अवस्थामै पक्राउ गरेको हो। वीरगञ्जको माइस्थान मन्दिर अगाडि रहेको भरत दही एण्ड स्वीट्स पसलमा सेवाग्राहीसँग घूसवापतको रकम लिने गरिहेको विशेष सूचनाको आधारमा प्रहरी जवान गम्हीरालाई अख्तियारको टोलीले पक्राउ […]