650 views 0 secs 0 comments

लुम्बिनी अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु…

In समाज
२४ भाद्र २०७६, मंगलवार १५:१४

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन राना रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए ।
भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । भुसुनाको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।

चिकित्सकका अनुसार यो रोग लागेमा रक्तअल्पत्ता हुने, मानिस दुब्लाउँदै जाने, फियो धेरै बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने हुन्छ ।
कालाजार ‘लेसमानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो । यो एक प्रकारको सेन्टलाई नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ ।