समाज
१२ आश्विन २०७६, आईतवार १३:२७
482 views 0 secs 0

आपसी झगडा हुँदा एक को मृत्यु…

कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते भएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो। टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको छ […]

समाज
१२ आश्विन २०७६, आईतवार १३:०९
593 views 0 secs 0

धादिङमा बस दुर्घटना हुँदा ५ जना घाईते…

धादिङको लापाङबाट धादिङबेशीतर्फ जाँदै गरेको बा ४ ख ५७९३ नं. को बस अनियन्त्रित हुँदा ५ जना घाईते भएका छन्। घाईतेमध्ये ३ जना दल बहादुर तामाङ, चन्द्र परियार र सन्तमाया तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयकी प्रवक्त प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताएकी छन् । दुर्घटनामा परी घाईते हुनेहरुमा धादिङ नेत्रावतीका दल बहादुर तामाङ, हस्त […]

समाज
११ आश्विन २०७६, शनिबार १७:२०
641 views 0 secs 0

सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगा खस्दा बस चालक घाइते…

सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगा खस्दा बस चालक घाइते भएका छन्। पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नं. यात्रुवाहक बसमा दिउँसो सवा १ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै हेडबक्स माथिबाट ढुंगा खसेको हो। सडकको ५ सय मिटर माथिबाट खसेको उक्त ढुंगा […]

समाज
११ आश्विन २०७६, शनिबार १५:४५
725 views 1 sec 0

धादिङबेंसीमा ट्याक्टर दुर्घटनामा ९ जना सडक मजदुर सख्त घाइते…

शनिबार बिहान धादिङबेंसी-सल्यानटार सडकखण्डको ज्यामिरेमा भएको ट्याक्टर दुर्घटनामा ९ जना सडक मजदुर सख्त घाइते भएका छन् । दुर्घटनामा पर्ने घाइतेहरु सबै सडकखण्ड कालोपत्रे गर्ने जिम्मा लिएको नवकान्तिपुर कन्ट्रक्सनमा कार्यरत मजदुरहरु हुन् । निर्माण कम्पनीको सम्पर्क कार्यालय रहेको निगालपानीबाट ना६च २७८० नम्बरको निर्माण कम्पनीकै ट्याक्टरमा १४ जना चढेका थिए। बर्दिया राजापुर २ निवासी सन्जयकुमार चौधरीले तीव्र […]

समाज
११ आश्विन २०७६, शनिबार १५:२४
1088 views 0 secs 0

६ वर्षीया छोरीलाई मारेको आरोपमा पूर्पक्षका लागि थुनामा…

जिल्ला अदालतले बासगढी नगरपालिका—४ पहाडीपुरकी २९ वर्षिया अनु हमाल भन्ने दिल कुमारी थापालाई ६ वर्षीया छोरीलाई मारेको आरोपमा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ ९ गते राति थापाकी छोरी सिम्रन खाटबाट लडेर भन्दै उनले उपचारका लागि शिक्षण अस्पताल लगेकी थिइन् । उपचारकै क्रममा सम्रिनाको मृत्यु भएको थियो ।

समाज
११ आश्विन २०७६, शनिबार १५:१५
670 views 0 secs 0

मदिरा सेवन गरी यात्रुवाहक बस चलाउने चालकलाई प्रहरीले पक्राउ…

मदिरा सेवन गरी यात्रुवाहक बस चलाउने चालकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ। झापाको कन्काई नगरपालिका–४ का ३३ वर्षीय चालक पुण्यप्रसाद सिटौलालाई प्रहरीको टोलीले शुक्रबार बिहान पक्राउ गरेको थियो। पूर्व–पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो। उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूर गरेको […]

समाज
११ आश्विन २०७६, शनिबार १४:०४
608 views 0 secs 0

सशस्त्र प्रहरीका सहायक हवल्दार घुस रकमसहित पक्राउ…

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानेन्द्र मौर्यलाई प्रतापपुरबाट घुस रकमसहित पक्राउ गरेको छ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत सशस्त्र प्रहरी बेश क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार मौर्यलाई सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । मौर्यले सामान ल्याउन तथा लैजानका लागि […]

समाज
११ आश्विन २०७६, शनिबार १३:५०
505 views 0 secs 0

एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला…

ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १४ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो। महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष्ठ, अर्जुन राई, राजेन्द्रबाबु अर्याल, गोकुलप्रसाद महतो, जीतेन्द्र बस्नेत, सुपेन्द्र श्रेष्ठ, राजु लामा र […]

समाज
११ आश्विन २०७६, शनिबार १३:३४
742 views 0 secs 0

घोराही बजारमा फेन्सी स्टोरमा आगलागी…

घोराही बजारमा रहेको एक फेन्सी स्टोरमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ निमाहल लाइन नजिकै रहेको सल्यानी फेन्सी स्टोर्समा आगलागी भएको छ । विद्युत सर्ट भएर लागेको आगोवाट स्टोरमा रहेका कपडा, जुत्ता, चप्पल जल्न पुग्दा झन्डै ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।

समाज
११ आश्विन २०७६, शनिबार १३:२६
497 views 0 secs 0

चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ…

दाङ प्रहरीले चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ। लमही नगरपालिका वडा नं. ४ अर्नवा निवासी सम्मान गुरुङ, प्रदिप चौधरी र लमही ५ आदर्श टोल निवासी अनिलसिंह बस्नेत मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका छन्। उनीहरु तीनै जनाले असोज ४ गते रातको साढे ९ बजेतिर लमही नगरपालिका वडा नं. ५ निवासी प्रदिप परियारको रा […]