
दाङ प्रहरीले चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ।
लमही नगरपालिका वडा नं. ४ अर्नवा निवासी सम्मान गुरुङ, प्रदिप चौधरी र लमही ५ आदर्श टोल निवासी अनिलसिंह बस्नेत मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका छन्।
उनीहरु तीनै जनाले असोज ४ गते रातको साढे ९ बजेतिर लमही नगरपालिका वडा नं. ५ निवासी प्रदिप परियारको रा १ प ३८६८ नम्वरको मोटरसाइकल चोरी गरेर लैजादै गर्दा प्रहरीलाई देखेपछि मोटरसाइकल छोडेर भागेको थिए।