597 views 0 secs 0 comments

५० हजार घुससहित काठमाडौंमै पक्राउ परे प्रहरी इन्सपेक्टर

In देश, समाज
६ मंसिर २०७४, बुधबार २३:१८

काठमाडौं । पचास हजार घुससहित काठमाडौंमा एक प्रहरी अधिकारी अख्तियारको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार घुससहित पक्राउ परेको अख्तियारका प्रवत्ता जीवन कोइरालाले रातोपाटीलाई बताए । उनलाई अख्तियारको टोलीले घुस लिँदालिदै पक्राउ गरेको हो ।

सुनुवार केही महिना अगाडि मात्र सर्वोच्व अदालतबाट प्रभाग पुगेका थिए।

निरीक्षक सुनुवारले यसअघि शेर्पा मलमा घुस लिन गएको सूचना अख्तियारले पाएको थियो । पछि फलो गर्दा उम्कन सफल भएका थिए ।