देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:३६
727 views 0 secs 0

रौतहटमा झडप, प्रहरीद्वारा २५ राउन्ड हवार्इ फायर

रौतहट (रासस) । रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ । बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:३४
727 views 0 secs 0

राणा र राजासँग नडराएको कांग्रेस एमाले–माओवादीसँग डराउँदैन : दमननाथ ढुंगाना

नेकपा एमाले र माओवादी केन्द्रबीचको कम्युनिष्ट गठबन्धनले आगामी चुनावमा नेपाली कांग्रेसलाई चुनौति र अवसर दुवै स्थिति एकसाथ सिर्जना भएको छ ।  दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको चुनावी तालमेल र चुनावपछि हुने पार्टी एकीकरणको तयारीले कांग्रेसलाई चुनौति थपिदिएको छ । कांग्रेसले यसअघिका चुनावमा भन्दा अहिले टिकट वितरणमा योग्य र सक्षम व्यक्तिलाई दिएको हुनाले अन्तरघात नहुने, आफ्नो मत […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:३३
864 views 0 secs 0

कुकर र सकेट बमसहित काठमाडौं आउँदै गरेका २ जना भारतीय नौबिसेबाट पक्राउ

काठमाडौं । धादिङको नौबिसेबाट प्रेसर कुकर र सकेट बमसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।  काकडभिट्टबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुई जना भारतीयको नाम भने सार्वजनिक गरिएको छ । भारतीय नागरिक भएको पुष्टि गर्दै प्रहरीले उनीहरुको साथबाट २ लिटरको कुकरमा तार जोडेर तयार पारिएको […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:२६
658 views 0 secs 0

कालिकोटमा मतपेटिका राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी

१५ मंसिर, कालीकोट । पहिलो चरणमा गत १० गते मतदान भएको कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टहरुले छुट्टै ताला लगाएका छन् । उनीहरुले सरकार लोकतान्त्रिक गठबन्धनको रहेको बेला सत्ताको बलमा मतपेटी तलमाथि हुन सक्ने आशंकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतपेटी राखिएको कोठमा वाम गठबन्धनको ताला लगाएका हुन् । जिल्लाभरका मतपेटी जम्मा गरी राखिएको कोठामा कम्युनिष्ट र […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:२२
718 views 0 secs 0

त्रिचन्द्र क्याम्सप अगाडी भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौं, मंसिर १५ – त्रिचन्द्र क्याम्सप अगाडी शुक्रबार विहान भेटिएको शंकास्पद वस्तु प्लाष्टिकमा बेरिएको फलाम मात्र भएको प्रहरीले जनाएको छ । फलाम भन्दा बाहिर प्लाष्टिककले बेरेरे मोटरबम लेखेको भेटिएपछि विहान प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरेका थिए । शंस्कास्पद वस्तु देखिए पछि नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:१८
793 views 0 secs 0

हो, कैलालीमा तीन करोडको घर किन्दैछु, ५० लाख बैना तिरिसके : आरजु देउवा

धनगढी, १५ मंसिर – पर्यटक उम्मेदवारको आरोप लागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजु देउवा राणाले कैलालीको धनगढीमा तीन करोडमा घर किनेको समाचार वाहिर आयो । मतदाताले उनलाई मन नपराएको, पर्यटक उम्मेदवार भनेको, भोट माग्न मात्र गाउँ आएको लगायतका आरोप सहितका खबर वाहिर आइरहेका छन् । वास्तविकता के हो ? लोकान्तर डटकमले शुक्रवार विहानै उनले […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:१४
699 views 0 secs 0

कांग्रेसको ‘गढ’मा लालबाबुको ‘हमला’, शेखरलाई छैन चिन्ता !

विराटनगर, १५ मंसिर–विराटनगरको महेन्द्र चोक । चोक छेउमा रहेको बेनामे चिया पसल । मध्य मंसिरको चिसो विहानीमा तातो चिया पिउँदै गरमागरम चुनावी बहसमा होमिएका केही जोडी तन्नेरीहरु । तन्नेरीका माझमा थिए एक काका पनि । ‘यो पालि त कांग्रेसको गढ ढल्ला जस्तो छ काका !,’ टेवलको बायाँ छेउमा बसेका तन्नेरीले भने । ‘तिमि बच्चाहरुले भनेर […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:०४
734 views 0 secs 0

चासोमा ‘अखण्ड सुदूरपश्चिम’ अगुवाको भिडन्त

डोटी : कांग्रेस नेता वीरबहादुर बलायर र एमाले नेता प्रेमबहादुर आलेमगरको चुनावी इतिहासमा एउटा संयोग छ- २०६४ सालको चुनावमा दुबै पराजित तर २०७० को चुनावमा दुबै विजयी। दुईवटा निर्वाचन क्षेत्र छँदा अलगअलग चुनाव लडेका यी दुई पात्र जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र कायम भएपछि अहिले एकअर्काका प्रतिस्पर्धी बनेका हुन्। मन्त्री बलायर २०७० सालको संविधानसभा चुनावमा डोटी क्षेत्र […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:५८
842 views 0 secs 0

आफूबराबरको भागवत गीता दान

पोखरा : भागवत गीता जयन्तीको अवसरमा पोखरामा भक्तजनले सात सय एक भागवत पुस्तक तुलादान गरेका छन् । पुस्तक किनेर अध्ययन गर्न नसक्नेका लागि भागवत गीता उपलब्ध गराउने उद्देश्यले गीता जयन्तीको अवसरमा भक्तजनले पुस्तक तुलादान गरेका हुन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघको आयोजनामा पोखरामा भएको गीता जयन्ती महोत्सवमा सहभागी भक्तजनले आफ्नो तौलबराबरको भागवत गीताको पुस्तक जोखेर […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:५५
588 views 2 secs 0

देउवा स्टाइल : सिधै माइक, छोटो भाषण

मलंगवा/वीरगञ्ज : सम्भवतः चुनावी अभियानमा सबैभन्दा छोटो भाषण गर्नेमा पर्छन्, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा। धेरैजसो चुनावी सभामा उनी बढीमा ५/७ मिनेट बोल्छन्, आफ्ना कुरा राखिसकेपछि हेलिकप्टर चढ्छन् र अर्को ठाउँमा हुने चुनावी सभामा पुग्छन्। बिहीबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित चुनावी सभामा दिउँसो २ बजे पुग्ने प्रयास गर्दागर्दै पनि उनी २ घण्टा ढिला पुगे। […]