829 views 0 secs 0 comments

कुकर र सकेट बमसहित काठमाडौं आउँदै गरेका २ जना भारतीय नौबिसेबाट पक्राउ

In देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:३३

काठमाडौं । धादिङको नौबिसेबाट प्रेसर कुकर र सकेट बमसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।  काकडभिट्टबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुई जना भारतीयको नाम भने सार्वजनिक गरिएको छ । भारतीय नागरिक भएको पुष्टि गर्दै प्रहरीले उनीहरुको साथबाट २ लिटरको कुकरमा तार जोडेर तयार पारिएको बम र २ थान सकेट बम फेला परेको जनाएको छ ।
“कुकरभित्रबाट तारसमेत निकालेर तयारी अवस्थामा रहेको बमसहित पक्राउ गरिएको हो,” प्रहरी स्रोतले भन्यो, “उनीहरुको साथबाट २ थान सकेट बम पनि फेला परेको छ ।”
प्रहरी प्रवक्ता मनोज न्यौपानेले २ जना भारतीय पक्राउ परेको बताउँदै आवश्यक अनुसन्धान भैरहेको जानकारी दिए ।