राष्ट्रियसभामा प्रचण्डमाथि आक्रमण प्रयास…
राष्ट्रियसभामा आयोजित कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आक्रमण प्रयास भएको छ । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । तर उनले प्रहार गरेको जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने नेकपा समर्थित कार्यकर्ता रतन चिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले […]
मिश्रविरुद्ध बाँस्कोटाद्वारा अदालतमा मुद्दा दायर…
पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँ जिल्ला अदालतमा न्याय माग गर्दै मुद्दा दायर गरेका छन् । शुक्रबार उनले आफूविरुद्ध झुठा लाञ्छना लगाइएको र गाली बेइज्जति भएको भन्दै आफ्ना प्रतिनिधिमार्फत मुद्दा दायर गरेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको डिल भएको भनिएको ‘अडियो टेप’ सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । मिश्रले […]
हामी बेलाबेला लडिरहन्छौं, संघर्ष सधैं चलिरहन्छ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य भएको बताएका छन् । पछिल्लो पटक पार्टीभित्र गम्भीर खालको समस्या देखा परेको टिकाटिप्पणीका बीच प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा राखे । बिहीबार नेकपा बागमती प्रदेशको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै […]
ओली नेतृत्वको सरकारबाट जनता निराश : कमल थापा
राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताएका छन् । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा सहभागी हुन आएका अध्यक्ष थापाले दुई तिहाईको सरकारले जनताको कुनैपनि अपेक्षालाई पुरा नगरेकाले जनता निराश भएको उनले बताए । उनले मुलुकमा भ्रष्टचार,महँगी जस्ता क्रियाकिलापहरु बढेको अरोप लगाए । उनले जनताका अपेक्षाहरु […]
हजारौँ ‘गोकुल बाँस्कोटा’बाट देशलाई कसरी बचाउने ?
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७४ करोडको कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएसँगै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा गरे । २७ अर्ब रुपैयाँ मूल्यको सेक्युरिटी प्रेस खरिद गर्दा एजेन्टलाई प्राप्त हुने ७४ करोड रकममध्ये ५४ करोड रकम दिनेगरी स्वीस सेक्युरिटिज प्रेसका नेपाल एजेन्ट विजय मिश्रले बाँस्कोटालाई १६ महिना अघि नै प्रस्ताव […]
मन्त्रीहरुले सोचेजस्तो काम गर्न नसकेपछि फेरि मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री
सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएको खुल्न आएको छ । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री ल्याउने विषयमा उहाँले परामर्थ अगाडि बढाउनु भएको हो । यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको थियो […]
कास्कीमा एक जना सवइन्जिनियर घुससहित पक्राउ…
कास्कीमा एक जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार रहेका छन् । कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
गोकुल बाँस्कोटालाई छुट नदिने स्पष्ट: प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन् । शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे । सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप […]