राष्ट्रियसभामा प्रचण्डमाथि आक्रमण प्रयास…

In राजनीति
१८ फाल्गुन २०७६, आईतवार १६:४६

राष्ट्रियसभामा आयोजित कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ माथि  आक्रमण प्रयास भएको छ । 
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।  तर उनले प्रहार गरेको जुत्ता मञ्चसम्म आइपुगेन ।
जुत्ता प्रहार गर्ने नेकपा समर्थित कार्यकर्ता रतन चिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।