
सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएको खुल्न आएको छ । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री ल्याउने विषयमा उहाँले परामर्थ अगाडि बढाउनु भएको हो । यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको थियो ।
सरकारका कामलाई प्रभावकारी बनाउन उहाँले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले जानकारी दिएका छन् । उनका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको छ । को–को जाँदैछन् भन्ने कुराको भने अहिले कुनै जानकारी आएको छैन ।