देश, मृत्यु, समाज
६ मंसिर २०८०, बुधबार १८:२१
20 views 0 secs 0

छोराको कुटपिटबाट सौतेनी आमाको गयो ज्यान

६ मंसिर, काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिकामा छोराको कुटपिटबाट सौतेनी आमाको मृत्यु भएको छ।मनहरी गाउँपालिका-९ डिल्लीपुरमा २५ वर्षीय छोराको कुटपिटबाट ५० वर्षीया आमा सन्तमाया चेपाङको मृत्यु भएको हो। स्थानीय २५ वर्षीय इन्द्रबहादुरको कुटपिटबाट सन्तमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। इन्द्रबहादुर र सन्तमाया सौतेनी आमा र छोरा रहेको प्रहरीले जानकारी दिएको छ। मनहरी […]

मृत्यु
६ मंसिर २०८०, बुधबार १३:३९
13 views 0 secs 0

पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु

६ मंसिर, काठमाडौँ। पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको युनिक होटलमा मंगलबार बेलुकी एक महिला अचेत अवस्थामा फेला परेकी थिइन्। मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि अस्पताल लगिएको थियो। होटल सञ्चालकले बेहोस अवस्थामा […]

देश, मृत्यु, समाज
६ मंसिर २०८०, बुधबार ०७:३४
11 views 0 secs 0

हात्तीको आक्रमणबाट झापामा भुटानी शरणार्थीको मृत्यु

६ मंसिर, काठमाडौँ । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा […]

दुर्घटना, मृत्यु
५ मंसिर २०८०, मंगलवार १८:२८
14 views 0 secs 0

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु, ट्रक र चालक प्रहरी नियन्त्रणमा

५ मंसिर, काठमाडौँ। मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएपछि पिडित परिवारजनले प्रहरीमा जाहेरी दिएका छन्। ट्रकको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार बजागाईंलाई कान्ति लोक […]

दुर्घटना, मृत्यु
५ मंसिर २०८०, मंगलवार १६:२६
13 views 0 secs 0

स्याङ्जामा ट्रयाक्टर दुर्घटना हुँदा चालककाे ज्यान गयाे

५ मंसिर, काठमाडौँ। स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १४ भिरबारीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा दाङको दङ्गीशरण गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय रामहरि चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । भित्री सडक खण्डमा तोप्सेबाट लामागेका लागि छुटेको ग १ त ४९८७ नम्बरको ट्र्याक्टर बाटोमा पल्टिएको प्रहरीले […]

भूकम्प, मृत्यु
५ मंसिर २०८०, मंगलवार १३:१७
20 views 0 secs 0

कठ्यांग्रिने जाडोमा त्रिपालमुनि गइरहेको छ भूकम्पपीडितको ज्यान

५ मंसिर, काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ टापु गाउँकी विष्णुकुमारी खत्री केही वर्षयता दमको रोगी थिइन्। बेला-बेलामा बाँकेको नेपालगञ्ज पुगेर उपचार गराइरहेकी ७० वर्षीया खत्रीले नियमित औषधि सेवन गर्थिन्। साँझ–बिहान घरमै न्यानो पारेर बस्थिन्। कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्र भएर गएको भुइँचालाले उनको घर चर्कियो। घर धरापजस्तो बनेपछि उनको परिवार त्यही […]

मृत्यु
५ मंसिर २०८०, मंगलवार ११:३६
11 views 0 secs 0

दाङमा एकै घरका दाजुभाई मृत फेला

५ मंसिर, काठमाडौँ। दाङमा एकै घरका दाजुभाई मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूणर्बहादुर बस्नेत र भाइ ३० बर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । मृतक टेकबहादुरकी श्रीमति रुकुम पश्चिम स्थित माइतीमा […]

भूकम्प, मृत्यु
५ मंसिर २०८०, मंगलवार ११:०३
21 views 0 secs 0

भूकम्प पिडितको त्रिपालमा बास; चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गयो

५ मंसिर, काठमाडौँ। चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो । चिसोका कारण केही दिनदेखि बिरामी भएकी छाेरीकाे जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा आज साेमवार ज्यान गएको हो । […]

दुर्घटना, मृत्यु
५ मंसिर २०८०, मंगलवार १०:४७
14 views 0 secs 0

पोखरामा हाते ट्रयाक्टरले लियो ज्यान, अरबबाट फर्केका बिक दुबई उड्दै थिए

५ मंसिर, काठमाडौँ। पोखरा वडा नं. २४, कास्कीकोट लौरुक निवासी बिक परिवारमा तिहारकै बेला ठूलो बज्रपात पर्‍यो । हाते ट्याक्टरले गोडा छेड्दा रक्तश्रावका कारण टेकबहादुर बिकको ज्यान गयो । कार्तिक २४ गते दिउँसो दुई बजेतिर आफ्नै खेतबारीमा हाते ट्क्याक्टरले खनजोत गर्दै गर्दा अचानक अनियन्त्रित भै बायाँ गोडा छेड्न पुगेको पूर्व जनप्रतिनिधि धनबहादुर नेपालीले जनाएका छन् […]

मृत्यु
५ मंसिर २०८०, मंगलवार ०९:५६
7 views 0 secs 0

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु

५ मंसिर, काठमाडौँ। खरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान / श्रीमतीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा  मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उहाँकी श्रीमती ४६ वर्षीया सवित्री सुनारको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ। […]