पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु

In मृत्यु
६ मंसिर २०८०, बुधबार १३:३९

६ मंसिर, काठमाडौँ।

पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको युनिक होटलमा मंगलबार बेलुकी एक महिला अचेत अवस्थामा फेला परेकी थिइन्।

मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि अस्पताल लगिएको थियो।

होटल सञ्चालकले बेहोस अवस्थामा भेटिएकी विकलाई चरक अस्पताल पुर्‍याएका थिए।

उपचारका क्रममा विकको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।