देश, विश्व
१४ आश्विन २०७६, मंगलवार १२:०७
732 views 0 secs 0

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने सम्झौता…

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट […]

देश
१३ आश्विन २०७६, सोमबार १३:३९
937 views 0 secs 0

फेरी आज सुनको भाउ ह्वातै घट्यो…

नेपाली बजारमा सुनको भाउ सोमबार पनि घटेको छ । केही दिनयता सुनको मूल्यमा केही गिरावट आएको छ । आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ ।

देश
१३ आश्विन २०७६, सोमबार १३:०९
603 views 0 secs 0

तरकारी पर्याप्त हुने सिजनमै तरकारीको मूल्य आकाशियो…

फलफूल तथा तरकारी पर्याप्त हुने सिजनमै तरकारीको मूल्य आकाशिएको छ। तरकारीको भाउ हेर्दा वर्षायामको सिजनमा पनि हिउँदे यामको भन्दा बृद्धि हुँदै गएको देखिन्छ। १ हप्ताको समयमा मात्रै झण्डै ७०६ प्रतिशतले बृद्धि भएको कालिमाटी तरकारी, फलफूल तथा तरकार बजार विकास समितिको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क हेर्दा एक हप्ताको अवधीमा मात्रै पालुङ्गो तरकारीको मूल्य प्रतिकेजी १७३.३३ प्रतिशतले […]

देश
१३ आश्विन २०७६, सोमबार १२:४४
606 views 0 secs 0

रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण…

रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य परीक्षणपछि परिचयपत्र प्रदान गर्न योग्यलाई मात्र परिचयपत्र वितरण गरिएको हो। जिल्ला अस्पतालका चिकित्सकको सिफारिसमा मात्र गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रचलन छ। अघिल्लो आव २०७५÷०७६ मा परिचयपत्रका लागि सिफारिस भएका २६३ जनालाई परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष […]

देश
१२ आश्विन २०७६, आईतवार १७:०८
677 views 0 secs 0

उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो…

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले […]

देश, समाज
१२ आश्विन २०७६, आईतवार १६:१५
482 views 0 secs 0

५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद…

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सोमबार साँझ बूढानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा ५ ख ६९३९ नंको पर्यटकीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो । बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा भन्सार छली गरी ल्याइएका तीन हजार […]

देश
१२ आश्विन २०७६, आईतवार १२:५८
548 views 0 secs 0

सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार…

सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’ आइतबारको तुलनामा सोमबार मौसममा बढी सुधार […]

देश
१२ आश्विन २०७६, आईतवार १२:५१
919 views 0 secs 0

आज काठमाडौं उपत्यकासहित देशभर बदली भई हल्कादेखि मध्यम खालको वर्षा…

आइतबार काठमाडौं उपत्यकासहित देशभर बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । खासगरी प्रदेश नम्बर १, २ र ३ का ठूलो एरिया कभर गरेर अहिले पानी परिरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्व र मध्य भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको मौसम विज्ञान […]

देश
१२ आश्विन २०७६, आईतवार १२:४१
609 views 0 secs 0

बडा दशैं आजबाट सुरु, आज पहिलो दिन घटस्थापना…

नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक […]

देश
११ आश्विन २०७६, शनिबार ११:५७
611 views 1 sec 0

आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना…

आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । यसैगरी मध्य तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि मौसमविले औंल्याएका छन् । जल तथा मौसम विज्ञान विज्ञानको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार […]