
आइतबार काठमाडौं उपत्यकासहित देशभर बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । खासगरी प्रदेश नम्बर १, २ र ३ का ठूलो एरिया कभर गरेर अहिले पानी परिरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्व र मध्य भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको मौसम विज्ञान विभागले अनुमान गरेको छ ।
आइतबार मौसममा खराबी आउने भएकाले आगामी २४ घण्टाका लागि सतर्कता अपनाउन विभागले सूचित गरेको छ । ‘देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावनाको साथै मध्य तथा पूर्वका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ जसका कारणले सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने तथा पहाडी भू–भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा लेखिएको छ ।