देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:१७
714 views 0 secs 0

लालबाबु पण्डितलाई लक्ष्य गरी बम विस्फोट

विराटनगर: नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभामा मोरंगको निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार लालबाबु पण्डित चढेको गाडीलाई लक्षित गरी मोरंगको बुढीगंगा गाउँपालिकामा बम विस्फोट गराइएको छ। मंगलबार बिहान घरदैलो अभियानका लागि जाने क्रममा बुढीगंगा गाउँपालिका वडा नम्बर ५ जाने क्रममा हात्तीमुढा नजिकै बम विस्फोट भएको हो। पण्डितका सहयोगी तथा विद्यार्थी नेता ओसम आलमले सवारीलाई लक्षित गरी […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:१५
553 views 0 secs 0

कांग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

  झापा: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ। झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा आज राति करिव १ बजेतिर विस्फोट गराइएको प्रहरीले जनाएको छ। घरको पछाडि भागबाट बम फ्याकेको बताइएको छ। घरमा सामान्य क्षति भएको छ। झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:१२
628 views 3 secs 0

बाकसमा मत थुनिँदा छटपटी

जुम्ला: खलंगास्थित एक होटलमा वाम गठबन्धनका समर्थक तथा कार्यकर्ताको भीड थियो। प्रदेशसभातर्फ क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका उम्मेदवार नरेश भण्डारी उनीहरूका कुरा सुनिरहेका थिए। कोहीले निर्वाचन जितिसकेको दाबी गरिरहेका थिए भने कोही अन्तर्घात भएकाले अहिले नै भन्न नसकिने बताइरहेका थिए। कार्यकर्ताले खसेको मतका आधारमा उम्मेदवारले पाएको मत जोडिरहँदा भण्डारी भने मौन थिए। मतगणना सुरु नभएका […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार ११:०९
616 views 0 secs 0

मोटरसाइकल दुर्घटनामा दम्पतिको मृत्यु

  धरान: खानेपानी संस्थान धरानका नायव सुब्बा भरत तुङघक सुब्बा र उनकी श्रीमति टिकादेवी लिम्बुको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सोमवार को ४ प ६३१७ नम्बरको मोटरसाइकलमा धरानबाट इटहरी जाँदै गरेका सुब्बा दम्पतिलाई कोशी राजमार्ग अन्तर्गत धरानको तीनकुने सडक खण्डमा को १ झ २७१४ नम्बरको बराहा ज्वेलरी इण्डष्ट्रिज प्रालिको महेन्द्रा पिकअफले पछाडिबाट ठक्कर दिदा […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार ११:०८
565 views 1 sec 0

झगडियालाई कारबाही गर्न खोज्दा इन्सपेक्टरकै सरुवा

  विराटनगर : अत्यधिक मदिरा सेवन गरेर झगडा गर्नेमाथि कारबाही गर्न खोज्दा मोरङमा सोमबार एक प्रहरी अधिकृतको सरुवा भएको छ। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन कार्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले काज सरुवा गरेको हो। स्रोतका अनुसार पथरी दरबन्दी रहेका कार्कीलाई कारबाही स्वरुप संघीय प्रहरी इकाई कार्यालय धरानमा सरुवा गरिएको छ। […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार ११:०६
589 views 0 secs 0

हृदयघातबाट मन्त्रीका अंगरक्षकको निधन

  विराटनगर : बिना विभागीय मन्त्री एवं वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान निधन भएको छ । नेपाली सेनाका जम्दार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको चिकित्सकले बताएका छन् । पुर्खौली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए । मन्त्री मण्डलको […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार ११:०२
675 views 2 secs 0

हुम्लामा तारा एयरको विमान दुर्घटना, चालकसहित चार जना घाइते

          हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना भएको छ। कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेतको उडान भर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल प्रसाद नेपालले जानकारी दिए। विमानको टायर पञ्चर भएका कारण दुर्घटना भएको बताइएको छ। उनका अनुसार विमान चालक, एयरहोस्टेस, प्रहरी सहायक निरीक्षक र प्रहरी […]

देश, समाज
११ मंसिर २०७४, सोमबार १६:३०
777 views 0 secs 0

सोलुखुम्बुमा भोट दिएर फर्किएका एकको लडेर मृत्यु

सोलुखुम्बु, मङ्सिर ११ सोलुखुम्बुमा लडेर एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–५, ज्याङदिङका ६२ वर्षीय दावा तामाङको आइतबार राति लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङ आइतबार जनजागृति मावि मतदान केन्द्रमा मतदान गरेर फर्कनेक्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेको प्रहरीले बताएको छ । प्रहरीले उनी मतदान गर्नकै लागि सदरमुकाम आएको र […]

देश, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १६:१६
772 views 0 secs 0

वैशाखमा मेलम्ची आउने, ढल नबन्दा काठमाडौं जलमग्न हुने डर

११ मंसिर, काठमाडौं । पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै कारण आहत हुनुपर्नेछ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि शहरमा ‘ढल निकास’ समस्या जटिल बन्ने बताउँछन् […]

देश, विश्व
११ मंसिर २०७४, सोमबार १६:१४
905 views 0 secs 0

भाग्यमानी युवक, जसले अनौठो नामकै कारण पुलिसमा जागिर पाए

नाममा पनि केही खास हुँदोरहेछ । इण्डोनेसियामा भएको एउटा घटनाले चाहीँ यसको पुष्टि गरेको छ । त्यहाँ एकजना युवकलाई उसको अनौठो नामका कारण नै पुलिससँग काम गर्ने मौका मिलेको छ । ती युवकको नाम पोलिसी (Polisi) हो । इण्डोनेसियाको पुलिसलाई पनि पोलिसी नै भनिन्छ । एकपटक स्थानीय पुलिसले उक्त युवकलाई लाइसेन्स विना गाडी चलाइरहेको अवस्थामा […]