देश, शिक्षा, समाज
१८ मंसिर २०७४, सोमबार १३:२६
646 views 4 secs 0

फलामखानी सञ्चालन गर्नेलाई मत

मंसिर १८, २०७४-महाशिला ५, फलामखानीका मतदाताले लामो समयदेखि बन्द रहेको ऐतिहासिक खानी सञ्चालन गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई भोट दिने बताएका छन् । चुनावमा भोट माग्दै फलामखानी गाउँ पुग्ने उम्मेदवारलाई स्थानीयको पहिलो माग यही बनेको छ । परम्परागत प्रविधिबाट निकाल्दै आएको फलामखानी ७ दशकयता बन्द छ । खानीको फलाम निकालेर जीविकोपार्जन गर्न बिभिन्न जिल्लाबाट आएकाहरूको बस्ती […]

देश, विश्व, शिक्षा, समाज
१८ मंसिर २०७४, सोमबार १३:२२
914 views 3 secs 0

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

२५ देशका विज्ञ सहभागी, हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र एसिया क्षेत्रको दिगो विकासबारे बहस हुँदै – कान्तिपुर संवाददाता , काठमाडौं तस्बिर स्राेत : जीतेन्द्र बजराचार्य/ईसीमाेड मंसिर १८, २०७४-जलवायु परिवर्तनले हिन्दुकुश हिमालय क्षेत्रमा पारेको प्रभाव र एसिया क्षेत्रको दिगो विकासबारे बहस गर्न २५ देशका विशेषज्ञ आइतबारदेखि काठमाडौंमा भेला भएका छन् । वातावरण मन्त्रालय […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १३:१४
762 views 4 secs 0

गगन थापालाई लक्षित गरेर बम प्रहार, थापासहित ५ घाइते

मंसिर १८, २०७४-नारायणस्थानस्थित चपली हाइटमा केहीबेरअघि बम बिष्फोटन हुँदा काठमाडौं – ४ का कांग्रेस उम्मेदवार गगन थापासहित ५ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ‘म टिचिङ् अस्पातल जाँदै छु, गगन दाईसहित ५ जना घाइते भएकाे जानकारी आएको छ’ गगन थापाका निकटस्थ प्रताप पौडेलले कान्तिपुरसंग भने, ‘घाइतेसाथीहरुलाई […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:४६
708 views 4 secs 0

प्रदेशसभामा रोचक प्रतिस्पर्धा

मंसिर १८, २०७४-जिल्लामा क्षेत्र २ को प्रदेशतर्फ वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश ‘क’ मा कांग्रेसका सुरतबहादुर विष्ट र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अक्कलबहादुर रावल प्रतिस्पर्धामा छन् । कांग्रेसका विष्ट करिब ३ दशक शिक्षण पेसामा आबद्ध भएर राजनीतिमा आएका हुन् । शिक्षण पेसामा रहँदा गरेको योगदान र आफूले पढाएका […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:४३
608 views 4 secs 0

चुनावी अभियान सञ्चालन गर्न अर्को जिल्ला

मंसिर १८, २०७४-पहिलो चरणको चुनाव सकिएका जिल्लाका नेताहरू दोस्रो चरणको चुनावका लागि प्रचारप्रसारमा खटिएका छन् । पार्टीको निर्देशनबमोजिम भन्दै उनीहरू पूर्वका जिल्ला र राजधानीसम्म प्रचारमा जुटेका हुन् । कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदार बनेका रामहरि खतिवडा अहिले उदयपुरको चुनावी प्रचारमा व्यस्त छन् । उदयपुरका कांग्रेसलाई जिताउन आफूलाई पार्टीले जिताएको उनको भनाइ छ । आफ्नो जित सुनिश्चित भइसकेपछि […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:३९
596 views 3 secs 0

सर्लाहीमा स्वतन्त्र उम्मेदवारको सवारीलाई लक्षित गरी बम विस्फोट

मंसिर १८, २०७४-सर्लाहीको क्षेत्र ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र साहको प्रचारमा हिँडेको जिपलाई लक्षित गरी सोमबार बिहान बम विस्फोट गराइएको छ । हजारीयावाट क्षेत्रीय सडक हुँदै कर्मैया तफै जाँदै गर्दा पूर्व–पश्चिम राजमार्ग भन्दा तीन किलोमिटर दक्षिण खोल्सी जस्तो ठाउँमा बिहान करिब ७ बजे विस्फोट गराइएको हो । विष्फोट हुँदा प्रचारमा प्रयोग भएको ना२च […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:३७
608 views 4 secs 0

अपराजितलाई चौधरीको चुनौती

मंसिर १८, २०७४-इटहरी उपमहानगरपालिका मेयरमा पराजित कांग्रेस नेता रोहित प्रसाईंका शब्दमा विजय गच्छदार र निर्वाचन एकअर्काका पर्याय हुन् । २०४८ देखिका निर्वाचनमा अपराजित यात्राको इतिहास बोक्ने थोरै नेतामध्ये उनी पर्छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेसँगै गच्छदारको इतिहास अपराजित छ । बिजुक्छेले यस पटकदेखि […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:२७
658 views 8 secs 0

उम्मेदवारले नदेखेको गाउँ

मकवानपुर : हेटौंडाबाट १० किलोमिटर उत्तर-पूर्वमा पर्छ, सोलिथुम गाउँ। गढी गाउँपालिका-५ को आमभञ्ज्याङस्थित यो गाउँका घरमा फाट्टफुट्ट विभिन्न पार्टीका झन्डा भने देखिन्छन्। सुनसान गाउँमा शनिबार बिहानीको चिसो छल्दै स्थानीयवासी आआफ्नो काममा जाने तयारीमा थिए। गाईको दूध दुहेर तरकारी पकाउन स्कुस काट्दै गरेकी हीराकुमारी बजगार्इंलाई निर्वाचन हुँदै छ भन्ने थाहा भए पनि कहिले भन्ने थाहा रहेनछ। […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:२५
591 views 1 sec 0

सहकर्मी नै प्रतिस्पर्धी

तेह्रथुम : तेह्रथुममा प्रदेशसभा सदस्यका उम्मेदवारहरूको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। क्षेत्र नम्बर १ मा कांगे्रसका जिल्ला सभापति गोविन्द ढुंगाना र एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारी उम्मेदवार छन्। उनीहरू जिल्लाको पर्यटन प्रवद्र्धनमा लागेका सहकर्मी हुन्। दुवै जना यसअघि आफूले गरेका काम र भावी एजेन्डासहित मतदाता रिझाउने अन्तिम प्रयासमा छन्। पर्यटन, शिक्षा, सडकलगायत विकासका काममा सहकार्य […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:२३
624 views 2 secs 0

‘तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ’

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो । वाकपटुता देउवाको शक्ति आधार होइन । उनी छोटो र सूत्रमा कुरा गर्न रुचाउँछन्, गिरिजाप्रसाद कोइरालाझैं । त्यसमाथि निर्वाचनको मौन अवधि नजिकै आइसकेको सन्दर्भमा देउवा बढीभन्दा बढी कार्यक्रममा सहभागी हुन चाहन्थे । त्यसैले मंसिर १७ गते धनगढीमा हामीले उनलाई सीधै विषय प्रवेश […]