काठमाडौंको बौद्धमा गोली चलेको छ । गुण्डा विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको डीएसपी सिंहले बताए । ‘विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको थियो’, सिंहले भने, ‘भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको हो ।’ प्रहरीका अनुसार तामाङमाथि २०७५ साल […]
पूर्वी नवलपरासीमा अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका-३ का २६ वर्षीय सुमन घर्तीको अत्यधिक लागूऔषधका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । युवकको शव देवचुली-१५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणपट्टी भेटिएको थियो ।घर्तीको शरीरमा लागूऔषध प्रयोगका लागि लगाइएको सुईका निशानहरु रहेको र केही मात्रामा लागूऔषध पनि बरामद […]
धनकुटा नगरपालिका–९ मुलघाट स्थित पुलबाट तमोर नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१ आपगाछीका ३३ बर्षीय राजन चौधरी छन् । शनिबार राती करिव ११ बजे घटना भएको हो । इटहरी–१ आपगाछीका २९ बर्षीय अञ्जिल मगर र चौधरी हिउँ खेल्न को.३५ प.४१०१ नम्बरको मोटरसाईकलमा तिनजुरे गएर फर्कने क्रममा चौधरीले पुलबाट हामफालेको […]
तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा […]
आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङबस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेको आरोपमा सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रू बजारबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । आपसी वाद-विवादको क्रममा शनिबार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका सार्की गुरुङको स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु […]
सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ । घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर्षीय शिवनारायण मण्डलले जानकारी दिए । मण्डल घरदेखि साढे एक किलोमिटरको दूरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन […]
नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ७५ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा ७४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आइतबार ७४ हजार ७०० मा कारोबार भएको छ । चाँदी भने तोलामा ८९० […]
भक्तपुरमा एक युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा एक जना प्रहरी हवलदारसहित ४ जना घाइते भएका छन् । एक युवकले भक्तपुर–२० स्थित पाइपलाइनमा खुर्पा प्रहार गरी दुई जनालाई घाइते बनाएको सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलबाट जाजरकोटा नलगाढ घर भएका २० वर्षीय रामबहादुर विकलाई भाग्दै गरेको अवस्थामा पक्राउ गर्न खोज्दा विकले प्रहरीमाथि पनि खुर्पा […]
जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।कठायत हालैमात्र डोल्पाबाट काजमा जाजरकोट आएका थिए । उनी घुमुवा प्रहरीको रुपमा कार्यरत थिए ।उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । […]
अपर्ण शर्माको १२ दिनको कक्षाबाट १२ वटा कुरा स्पष्टसँग सिकियो । आफुले सिकेका कुरा जनहितमा जारी ………………. १. सबै कुरा अर्काले सिकाएको मात्रै गर्ने हो भने स्वविवेकको के अर्थ रहला र ? २. कोही तपाइको इश्र्या गर्छन, कुभलो चाहन्छन, डाह, रिस गर्छन भने उनिहरुसँग शब्दमा पौँठेजोरी खेल्ने होइन राम्रो काम गरेर देखाउनुस , ति आहारिसेहरु […]