627 views 0 secs 0 comments

धनकुटामा पुलबाट तमोर नदीमा हामफाल्दा एक जनाको मृत्यु…

In समाज
२७ पुष २०७६, आईतवार १५:४८

धनकुटा नगरपालिका–९ मुलघाट स्थित पुलबाट तमोर नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१ आपगाछीका ३३ बर्षीय राजन चौधरी छन् । शनिबार राती करिव ११ बजे घटना भएको हो । इटहरी–१ आपगाछीका २९ बर्षीय अञ्जिल मगर र चौधरी हिउँ खेल्न को.३५ प.४१०१ नम्बरको मोटरसाईकलमा तिनजुरे गएर फर्कने क्रममा चौधरीले पुलबाट हामफालेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।हामफाल्नुको कारण भने खुल्न वाँकी छ । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले नदीबाट मृतक राजनको शव निकालेको थियो ।