प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले ट्राफिक प्रहरीमाथि लाग्ने गरेको आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको शिलान्यास गर्दै पोखरेलले ट्राफिक प्रहरी संगठनमाथि लागेको आरोपबाट मुक्ति पाउन आफै परिवर्तन हुनु्पर्ने बताए । उनले ट्राफिक प्रहरी संगठन विश्वमै परिचित […]
धनुषामा बलात्कार प्रयासको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका बस्ने २७ वर्षीय गुरुदेव दास रहेको प्रहरीले जनाएको छ । दासले स्थानीय एक किशोरीलाई फागुन ११ गते खेतमा बयर खान बोलाएर बलात्कारको प्रयास गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक बिदा हुने भएको छ । पाल्पा जिल्ला मगर करिब ५२ प्रतिशत मगर जनजातिको बसोवास रहेको जिल्ला हो । मगरको संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मनाउने पर्वका रुपमा जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका तथा तिनाउ गाउँपालिकाले सूचना प्रकाशित गरेर बिदा […]
हाल देशमा पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ । देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । […]
प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट सामुहिक बलात्कारगरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत महाराजगन्जको प्रहरी टोलीले सामुहिक बलत्कार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा जिल्ला गौरीगञ्ज गापा १ स्थायी घर भएका वषर्ष ३४ का विशाल सङग्रौला र सोही स्थानको ३५ वर्षीय सुबास सङग्रौला रहेका छन् । महानगरीय प्रहरी बृत […]
सिराहा प्रहरीले १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोसाकको टोलीले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई किलो सुन बरामद भएको छ । उक्त […]
नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गरे । […]
पर्सा प्रहरीले स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय राजुकुमार कलवार रहेका […]
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७४ करोडको कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएसँगै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा गरे । २७ अर्ब रुपैयाँ मूल्यको सेक्युरिटी प्रेस खरिद गर्दा एजेन्टलाई प्राप्त हुने ७४ करोड रकममध्ये ५४ करोड रकम दिनेगरी स्वीस सेक्युरिटिज प्रेसका नेपाल एजेन्ट विजय मिश्रले बाँस्कोटालाई १६ महिना अघि नै प्रस्ताव […]
प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैध ओसारपसारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई कपनबाट पक्राउ गरेको हो । उनीहरुको शरीरमा खानतलासी लिने क्रममा दुर्लभ वन्यजन्तुको छाला फेला परेको […]