
हाल देशमा पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ । देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पूर्वी भू–भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
राती पनि देशको मध्य भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पश्चिमी तराईका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
बिहाबार दिउँसोदेखि देशको पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।