Home > Articles posted by NewsDesk (Page 527)
FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:२२
647 views 2 secs

नेपाली कांग्रेस नेपालको इतिहासलाई ऐतिहासिक र अभूतपूर्व मोड दिने मुलुकै सबैभन्दा प्रजातान्त्रिक पार्टी हो। पारिवारक जहानिया राणाशासनको विरुद्धमा जनक्रान्ति घोषणा गरेर नेपाललाई प्रजातान्त्रिक युगमा प्रविष्ट गराउन यस पार्टीको निर्णायक भूमिका छ। बीपी कोइरालाले भारतको अंग्रेजविरोधी आजादीको लडाइँमा भाग लिएर भारतलाई अंग्रेजको दासताबाट मुक्त गर्न सहयोगी भूमिका निर्वाह गरेका थिए। guru_raj_ghimireभारतमा नयाँ युग सुरु भएपछि बीपीले […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:२०
619 views 0 secs

मान्म (कालिकोट) : खाँडाचक्र नगरपालिकाका ५६ वर्षीय तेजबहादुर विष्टसँग धेरै आकांक्षा छैनन्। निर्वाचन नजिकिँदै जाँदा आफूकहाँ भोट माग्न आउने सबै उम्मेदवारलाई उनी भन्छन्, ‘पहिला घोषणापत्र देखाऊ, सडकका योजना के-के छन् ? कर्णाली राजमार्ग सुधार गर्ने योजना रहेछ भने मात्र म भोट दिउँला।’ तर, उनको यो प्रश्नको उत्तर जिल्लाका कुनै उम्मेदवार र दलसँग छैन। जीवनभर भारी […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:१७
733 views 0 secs

काठमाडौं : मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खेलकुद क्षेत्रका केही चर्चित अनुहार पनि चुनावी मैदानमा होमिएका छन् । यसपटक चुनावी मैदानमा उत्रनेमा खेलकुदमा गतिलो पहिचान बनाइसकेका व्यक्तिहरू पनि छन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट वाम गठबन्धनका […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार ११:१७
667 views 0 secs

जनकपुरधाम – मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् । एक साताअघिदेखि नै वैवाहिक विधि शुरु भए पनि भोलि हुने […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार ११:११
683 views 0 secs

चितवन । भरतपुरस्थित हाकिमचोकको मैदानमा बनाइएको मञ्चमा प्रचण्ड पुत्र प्रकाशका ठुला–ठुला तस्बिर राखिएको थियो । माओवादी अध्यक्ष प्रचण्ड, सिता दाहाल, प्रकाश पत्नी बिना मगरसमेत उपस्थित सभा निकै भावुक थियो । हृदयघातको आफ्नो छोरो चुँडेको पिडा खप्न नसकेर आमा सीता दाहाल बेला–बेला मुर्छितझैँ हुन्थिन्, त्यस्तोमा छोरी रेणु पछाडीको लहरबाट सम्झाउँथिन् । प्रचण्डले आफूमाथिको बज्रपातलाई कार्यक्रमको अन्तसम्म […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार ११:०८
720 views 1 sec

बाबुराम समर्थक: गोरखामा भट्टराईले गर्ने जति विकास कसले गर्‍यो? नारायणकाजी समर्थक : उसले जस्तो पार्टी कसले चाहार्‍यो? नयाँ शक्ति, फोरम, वाम गठबन्धन अनि कांग्रेस। बाबुराम समर्थक : भट्टराईले जिते गोरखा र देशकै विकास हुन्छ। नारायणकाजी समर्थक: अब वाम गठबन्धन ठूलो पार्टी बन्छ। उसले जिते मात्र विकास हुन्छ। गोरखाको खहरेमा स्थानीय महिलाहरू बीचको यस्तै संवाद गोरखा-२ […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार ११:०६
747 views 0 secs

  पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्। इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उनले वाम गठबन्धनबाट अब पार्टी एकता हुने र यसलाई धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए। पार्टी एकताको कुरामा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार ११:०३
696 views 0 secs

पूर्वसांसद तथा जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । पाख्रिनको हृदयघातका कारण निधन भएको नारायणी सामुदायिक अस्पतालले जानकारी दिएको छ। अस्पतालको अनुसार अस्पताल ल्याउँदै उनी अर्धचेत अवस्थामा थिए। प्रेसर र सुगरका समेत बिरामी रहेकाले उनलाई बचाउन नसकिएको हो। उनी चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी भएका थिए। सो क्रममा अकस्मात असहज भएपछि […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार ११:०१
743 views 0 secs

प्रहरी सर्वोच्च अदालत परिसरमा बम राखेको भन्ने हल्लामात्र भएको बताएको छ। काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार सबैलाई बाहिर निकालेर खोज्दा पनि केही फेला परेको छैन। ‘हामीले खोज्दा केही भेटिएन, बम राखेको हल्ला मात्र हो,’ धानुकले भने। मंगलबार अपरान्ह सर्वोच्च परिसरमा बम राखेको हल्ला चलेपछि प्रहरी टोली खटेको थियो। सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीको मोबाइलमा […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १०:५८
700 views 0 secs

  प्रहरीले ३ किलो सुनसहित २ जनालाई रत्नपार्कबाट पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–३ महाराजगंज घर भई हाल ढल्कु बस्ने २४ वर्षीय मोहन महर्जन र काठमाडौं महानगरपालिका–३२ जडिबुटीका २२ वर्षीय आयुष बज्राचार्य पक्राउ परेका हुन्। काठमाडौं महानगरपालिका–२८ स्थित रत्नपार्क बागबजार जोड्ने आकासे पुलमुनि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बा ३२ प […]