धादिङ : धादिङमा मोटरसाइकल भीरबाट खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारबाट आरुघाटतर्फ जादैँ गरेको बा ७९ प ७२७ नम्बरको मोटरसाइकल त्रिपुरासुन्दरी वडा नम्बर १ सल्यानटारको भीरबाट खस्दा जितेन्द्र अधिकारी र भुवन पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
लिबाङ : दोस्रो संविधानसभा निर्वाचनमा शून्य मतदान भएको थबाङमा यसपटक करिब ३० प्रतिशत मत खसेको छ। थबाङ गाउँपालिकाको वडा १ र २ मा पर्ने साविकको थबाङ गाविसमा ८ सय २२ मत खसेको हो, जुन २९.६५ प्रतिशत हुन आउँछ। स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले जितेको वडा १ मा यसपटक […]
काठमाडौं : संघ तथा प्रदेशसभा सदस्य चयनका लागि आइतबार सम्पन्न पहिलो चरण चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । यो स्थानीय तह निर्वाचनभन्दा केही कम प्रतिशत हो । निर्वाचन आयोगले सबै स्थानको विवरण संकलनपछि केही प्रतिशत बढ्न सक्ने जनाएको छ । आइतबार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्य चयनका लागि पहिलो […]
काठमाडौं : पहिलो चरण निर्वाचन सम्पन्न भएसँगै प्रमुख दलहरू दोस्रो चरणको प्रचारप्रसार रणनीतिमा जुटेका छन्। शनिबारसम्म पहिलो चरण निर्वाचन हुने ३२ जिल्लामा केन्द्रित रहेका उनीहरूले अ ब पूरै शक्ति दोस्रो चरणमा लगाउन लागेका हुन्। कांग्रेसको निर्वाचन परिचालन समिति सदस्य मानबहादुर विश्वकर्माले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘अब हामी काठमाडौं फर्कने तरखरमा छौं। त्यसपछि सम्पूर्ण रूपमा दोस्रो […]
वीरगन्ज : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा पर्ने पर्साको ठोरी गाउँपालिकालाई चितवनमा गाभेर प्रदेश ३ मा समायोजन गर्ने सम्भावना जीवितै रहेको बताएका छन्। ठोरीको चौतारामा आइतबार आयोजित बामगठबन्धनको सभालाई सम्बोधन गर्दै दाहालले भने, ‘ठोरीलाई प्रदेश ३ मा समायोजन गर्ने मुद्दा मरिसकेको छैन, अहिले पनि जिवित नै छ। त्यसका लागि दुई तिहाई बहुमतसहितको […]
जुम्ला : बिहानै घरको चाँजोपाँजो मिलाएर उनी हतार गर्दै मतदान केन्द्रमा पुगिन् । कात्तिकस्वामी विद्यालयको मतदान केन्द्रमा पुग्दा लाइन लागिसकेको थियो । करिब एक घण्टा लाइनमा कुरेपछि उनको पालो आयो । मतपत्रमा छाप लगाएर बाकसमा खसाल्दै गर्दा उनले भनिन्, ‘घरको सबै काम छोडेर पनि भोट दिएकी छु । अब मेरा पति घर फर्काइदिनुहोला ।’ चन्दननाथ […]
रोल्पा, मंसिर १०– रोल्पामा ४५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि दिउँसो साढे २ बजेसम्ममा ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । २०७० सालको चुनावमा ‘नो भोट’ अभियान चलाएइको थवाङमा पनि यस पटक भने शान्तिपूर्ण रुपमा मतदान […]
रुकुम, मंसिर १० – पश्चिम रुकुमको आठबीसकोटको एक मदतान केन्द्रमा नेकपाका कार्यकर्ताले मतपेटिकामा एसिड हालेका छन् । आठबीसकोट गाउँपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावी गत्सैना मतदान केन्द्रको एउटा मतपेटिकामा एसिड हालेर आगो लगाइएको प्रहरीले जनाएको छ । समानुपातिक तर्फको ख मतपेटिकामा एसिड हालिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक ऋषी ढुंगानाले उज्यालोलाई जानकारी […]
मंसिर ९, २०७४- रबर्ट मुगाबेले राजीनामा दिएपछि रिक्त जिम्बावेको राष्ट्रपति पदमा एमर्सन मनाङग्याग्वाले शपथ लिएका छन् । उनले राजधानी हरारेको रंगशालामा ६० हजार जनतामाझ शुक्रबार शपथ लिएका हुन् । मनाङग्याग्वालाई प्रधानन्यायाधीश लुक मलाबाले शपथ गराएका हुन् । शपथ ग्रहणलगत्तै गरेको सम्बोधनमा मनाङग्याग्वाले ‘जिम्बावेप्रति इमानदार’ हुने बताए । उनले भने, ‘देशको पुनर्निर्माण गर्ने कार्य मेरो हातमा आएको छ ।’ उनले आफूले […]
मंसिर १०, २०७४-कुशे गाउँपालिका–१ का वडा अध्यक्ष गोपालबहादुर नेपाली अपहरणबाट मुक्त भएका छन् । वडाध्यक्ष नेपालीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ३ दिन अघि अपहरण गरेका थिए । नेपाली एक घण्टाअघि गाउँ नजिकैको जंगलबाट एक्कासी काफलपाटा मतदान स्थलमा आएको प्रमुख जिल्ला अधिकारी पुष्प राज शाहीले बताए । विप्लव कार्यकर्ताले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई बहिष्कार गर्न लगाउने […]