Home > Articles posted by NewsDesk (Page 500)
FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:०१
532 views 2 secs

ड्यूटीमा रहेका बेला ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न प्रलोभनमा पारेर घुस दिन प्रयास गरेका ७ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले जानकारी दिए। पक्राउ पर्नेमा २ जना कार चालक, २ जना बस चालक, २ जना स्कुटर र १ जना मोटरसाइकल चालक रहेको उनले बताए। […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:५९
489 views 0 secs

गुल्मी, मंसिर १४ – भिरबाट लडेर गुल्मीमा एकजना अहेवको ज्यान गएको छ । खरबारीमा घाँस उठाउने क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १२ उर्लेनी निवासी  अन्दाजी ४० वर्षीय देवनाथ पन्थीको बिहीबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विेदीले जानकारी दिनुभयो ।

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:५८
566 views 0 secs

राजविराज : सप्तरीको एक दम्पत्तीले गाउँमा स्वास्थ्य चौकी बनाउन करिब एक करोड रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन्। कंकालिनी हनुमाननगर नगरपालिका  ४ मधवापुरस्थित पुर्ख्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि शैलेन्द्रचन्द्र झा (बुधन बाबु) र सन्जु झाले सात कटठा जग्गा दान गरेका हुन्। दान गरिएको जग्गामा बन्ने स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै जग्गादाता शैलेन्द्रचन्द्र झाले […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:५५
634 views 0 secs

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। इपिएलले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुस ३ गते उद्घाटन खेल हुनेछ। उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। १२ दिन चल्ने लिगमा १९ खेल हुनेछन् । लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:५२
641 views 0 secs

काठमाडौं– निर्वाचनको मिति जति–जति नजिकिँदै छ, उम्मेदवार र दलहरुले प्रचारप्रसारलाई झन् आक्रामक बनाइरहेका छन्। भर्खरै सम्पन्न स्थानीय तह र विगत संविधानसभा निर्वाचनमा ठूला दरिएका दलका शीर्ष नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन देश दौडाहामा छन्। संघ र प्रदेश निर्वाचनमा वाम गठबन्धन बनाएका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हल बाँधेर चुनावी प्रचारमा […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:५१
526 views 0 secs

दैलेख- दैलेखमा लामो समयदेखि थाती रहेका ठूला विकासका योजना अहिले पनि पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन्। चुनावमा भोट माग्न आएका नेताले स्थानीय बासिन्दाले पुराना र बाँकी रहेका कामका बारेमा चासो दिनुपर्ने सुझाव दिन थालेका छन्। तीन वर्षअघि सरकारका उद्योगमन्त्री आएर दैलेखको शिरिस्थानबाट पेट्रोलियम पदार्थको उत्खनन गर्ने भनेर गरेको उद्घोष अहिलेसम्म कार्यान्वयनको चरणमा पुगेको छैन। […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:४९
521 views 0 secs

काठमाडौं– एलपी साँवा लिम्बू मुख्यतः वैदेशिक रोजगार र घरजग्गा व्यवसायी हुन्। वैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्षसमेत रहिसकेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भरोसा पात्र मान्छन्। ०७० मंसिर ४ मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा साँवाले झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा टिकट पाएका थिए। जानकारहरुका अनुसार निर्वाचन जित्न उनले ८ करोड रुपैयाँ खर्च गरे। […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:४७
610 views 1 sec

काठमाडौं- उदयपुर क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी भएको एम्बुस विस्फोटमा घाइते भएका पत्रकार नवराज पौडेलको अवस्था सुधारोन्मुख रहेको छ। कार्कीको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा समाचार संकलनका क्रममा रहेका पत्रकार पौडेलसमेत घाइते भएका हुन्। उनको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। कार्की नेपाल पत्रकार महासंघ उदयुपर शाखाका सदस्य […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:४५
588 views 0 secs

क्तपुर- कार दुर्घटनामा परी भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५ सय मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जितेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:३३
661 views 4 secs

काठमाडौं– चितवनको भण्डारा २ का गुनबहादुर थापा (शम्भु) को व्यवसाय हो, घर–जग्गा कारोबार। ०६० देखि ०६६ को समय थियो, कारोबारबाट उनको आर्थिक प्रगति देखेर घर-जग्गा कारोबारमा साझेदार बनाउन आग्रह गर्दै मानिसहरु उनको घरमै पुगेर पैसा छाड्थे। ‘पैसा लिन्नँ भन्दा पनि घरमै आएर कर गरेपछि धेरैलाई साझेदार बनाएँ’, थापा भन्छन् , ‘अन्त्यमा सबै धोका दिने मात्र […]