काठमाडौं : बाटोभरि एम्बुस छ भन्ने खबर पाए पनि कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) विचलित भएनन्। हातमा गीताको पुस्तक लिएर भाइलाई बोलेरो जिप हाँक्न लगाई रुट फेर्दै जंगलको बाटोबाट गन्तव्यमा पुग्न लाग्दा बीच बाटोमै एम्बुसमा परे। उनीसहित गम्भीर घाइते तीन जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। अन्य चारजना सामान्य घाइते छन्। चुनावी सभालाई सम्बोधन […]
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचन हुन सात दिन बाँकी रहँदा प्रमुख दलका शीर्ष नेताले हेलिकोप्टर प्रयोग बढाएका छन्। प्रचार-प्रसारका लागि समय कम रहेको र लोकतान्त्रिक तथा वाम गठबन्धनका कारण चुनाव बढी प्रतिस्पर्धात्मक बनेकाले शीर्ष नेताले जतिसक्दो धेरै जिल्लामा पुगेर मतदाता प्रभावित पार्न हेलिकोप्टरको सहारा लिएका हुन्। निर्वाचन आयोगले खर्चको सीमा तोके पनि […]
काठमाडौं : गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो । देउवाले सम्बोधन गर्दैगर्दा नजिकै भएको विस्फोटमा चौधरीसहित नौ प्रहरी घाइते भएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरअन्तर्गत कार्यरत चौधरीको उपचारक्रममा […]
इटहरी : सुनसरीको इटहरीमा बिहीबार बिहान बम विष्फोट हुँदा चार जना घाइते भएका छन्। इटहरीस्थित भलाद्मी टोलमा भएको विष्फोटमा परी कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। नजिकैको काँग्रेस सभालाई लक्षित गरेर विष्फोट भएको बताइएको छ। घाइतेहरुलाई उपचारको लागि इटहरीस्थित सामुदायिक अस्पताल लगिएको छ। […]
१४ मंसिर, धनगढी । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ […]
ऐतिहासिक निर्वाचन समिपमा छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै दोस्रो चरणको निर्वाचन नजिकिदै गएको छ । यस अर्थमा ऐतिहासिक, मुलुकले प्राप्त गरेका संघीय लोकतान्त्रिक व्यवस्था अनुमोदन एवं संस्थागत अभिभारा बोकेका यो निर्वाचन हो । तर, यो निर्वाचनप्रति दृश्य अदृश्यमा रहेका कूदृष्टिहरुले अनेकन प्रश्न खडा गरेको छ । जनतामा गएर अनुमोदन हुन […]
जनकपुरधाम, १४ मङ्सिर – जेलमा रहेका अभियुक्तको अन्तर्वार्ता रेडियोमा प्रसारण हुने सूचनाले मंगलबार बिहानैदेखि सहरमा तरंग आएको थियो। अन्तर्वार्ताकार पत्रकार अजय अनुरागीले बिहानै फेसबुक स्टाटसमार्फत साँझ ७ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी दिएलगत्तै उनको मोबाइलमा एकपछि अर्को कल आउन थाल्यो। उनलाई फोन गर्ने राजपा समर्थक कोही प्रसारण नगरिदिन अनुरोध गरिरहेका थिए त कोही जेलमा रहेका […]
काठमाडौं, १४ मङ्सिर- काठमाडौंबाट अर्घाखाँची सन्धिखर्कतर्फ जाँदै गरेको बस बुधबार बिहान त्रिशूलीमा खस्यो । चितवनको फिस्लिङ पुग्दा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर उक्त दुर्घटना भएको थियो । दुर्घटनामा सात जनाको ज्यान गयो । गएको ४ कात्तिकमा पनि राजविराजबाट आएको रात्रिबस त्रिशूलीमै दुर्घटना हँुदा ३४ जनाको ज्यान गएको थियो । त्रिशूली नदीमा अहिलेसम्म कति व्यक्तिले सवारी […]
मंसिर १४, २०७४ कैलाली : कैलालीको लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टीका थापाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर- १ लम्कीस्थित टीकापुर रोडमा रहेको आफ्नै घरको कम्पाउण्डभित्र पार्किङ गरी राखेको गाडीमा बिहीबार बिहान करिब साढे ३ बजेतिर अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। उपमेयरले प्रयोग गर्ने बा१६च ६८९९ नम्बरको निजी जीपको अगाडिको […]
मुगु । मुगुको प्रतिनिधिसभाका उम्मेद्वार हस्तबहादुर मल्लको घरमा बम फेला परेको छ । छायाँनाथ रारा नगरपालिकास्थित पूर्व राज्यमन्त्री मल्लको घरमा प्रेसर कुकर बम फेला परेको हो । पाँच लिटरको कुकरमा बम राखिएको प्रहरीले जानकारी दिएको छ । बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । अहिले प्रहरीले मल्लको घरमा सुरक्षा दिइरहेको छ । […]