Home > Articles posted by NewsDesk (Page 482)
FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:४६
669 views 4 secs

मंसिर १८, २०७४-जिल्लामा क्षेत्र २ को प्रदेशतर्फ वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश ‘क’ मा कांग्रेसका सुरतबहादुर विष्ट र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अक्कलबहादुर रावल प्रतिस्पर्धामा छन् । कांग्रेसका विष्ट करिब ३ दशक शिक्षण पेसामा आबद्ध भएर राजनीतिमा आएका हुन् । शिक्षण पेसामा रहँदा गरेको योगदान र आफूले पढाएका […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:४३
571 views 4 secs

मंसिर १८, २०७४-पहिलो चरणको चुनाव सकिएका जिल्लाका नेताहरू दोस्रो चरणको चुनावका लागि प्रचारप्रसारमा खटिएका छन् । पार्टीको निर्देशनबमोजिम भन्दै उनीहरू पूर्वका जिल्ला र राजधानीसम्म प्रचारमा जुटेका हुन् । कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदार बनेका रामहरि खतिवडा अहिले उदयपुरको चुनावी प्रचारमा व्यस्त छन् । उदयपुरका कांग्रेसलाई जिताउन आफूलाई पार्टीले जिताएको उनको भनाइ छ । आफ्नो जित सुनिश्चित भइसकेपछि […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:३९
549 views 3 secs

मंसिर १८, २०७४-सर्लाहीको क्षेत्र ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र साहको प्रचारमा हिँडेको जिपलाई लक्षित गरी सोमबार बिहान बम विस्फोट गराइएको छ । हजारीयावाट क्षेत्रीय सडक हुँदै कर्मैया तफै जाँदै गर्दा पूर्व–पश्चिम राजमार्ग भन्दा तीन किलोमिटर दक्षिण खोल्सी जस्तो ठाउँमा बिहान करिब ७ बजे विस्फोट गराइएको हो । विष्फोट हुँदा प्रचारमा प्रयोग भएको ना२च […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:३७
572 views 4 secs

मंसिर १८, २०७४-इटहरी उपमहानगरपालिका मेयरमा पराजित कांग्रेस नेता रोहित प्रसाईंका शब्दमा विजय गच्छदार र निर्वाचन एकअर्काका पर्याय हुन् । २०४८ देखिका निर्वाचनमा अपराजित यात्राको इतिहास बोक्ने थोरै नेतामध्ये उनी पर्छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेसँगै गच्छदारको इतिहास अपराजित छ । बिजुक्छेले यस पटकदेखि […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:३१
601 views 2 secs

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:२७
571 views 8 secs

मकवानपुर : हेटौंडाबाट १० किलोमिटर उत्तर-पूर्वमा पर्छ, सोलिथुम गाउँ। गढी गाउँपालिका-५ को आमभञ्ज्याङस्थित यो गाउँका घरमा फाट्टफुट्ट विभिन्न पार्टीका झन्डा भने देखिन्छन्। सुनसान गाउँमा शनिबार बिहानीको चिसो छल्दै स्थानीयवासी आआफ्नो काममा जाने तयारीमा थिए। गाईको दूध दुहेर तरकारी पकाउन स्कुस काट्दै गरेकी हीराकुमारी बजगार्इंलाई निर्वाचन हुँदै छ भन्ने थाहा भए पनि कहिले भन्ने थाहा रहेनछ। […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:२५
555 views 1 sec

तेह्रथुम : तेह्रथुममा प्रदेशसभा सदस्यका उम्मेदवारहरूको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। क्षेत्र नम्बर १ मा कांगे्रसका जिल्ला सभापति गोविन्द ढुंगाना र एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारी उम्मेदवार छन्। उनीहरू जिल्लाको पर्यटन प्रवद्र्धनमा लागेका सहकर्मी हुन्। दुवै जना यसअघि आफूले गरेका काम र भावी एजेन्डासहित मतदाता रिझाउने अन्तिम प्रयासमा छन्। पर्यटन, शिक्षा, सडकलगायत विकासका काममा सहकार्य […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:२३
575 views 2 secs

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो । वाकपटुता देउवाको शक्ति आधार होइन । उनी छोटो र सूत्रमा कुरा गर्न रुचाउँछन्, गिरिजाप्रसाद कोइरालाझैं । त्यसमाथि निर्वाचनको मौन अवधि नजिकै आइसकेको सन्दर्भमा देउवा बढीभन्दा बढी कार्यक्रममा सहभागी हुन चाहन्थे । त्यसैले मंसिर १७ गते धनगढीमा हामीले उनलाई सीधै विषय प्रवेश […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:२१
583 views 0 secs

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरूले सोमबार मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । सोमबार मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरू दोस्रो चरणमै उम्मेदवार छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:१९
615 views 4 secs

माडी (चितवन) : एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी पदका लागि वाम एकता केन्द्रित नभएको बताएका छन्। स्थिरता कायम गरी देशलाई समृद्धिमा लैजान एमाले र माओवादी केन्द्र मिलेको उनको भनाइ छ। चितवनको माडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वका लागि नभई देश विकास, लोकतन्त्र र जनताको व्यवस्थापनका लागि एकता गरेको बताए। ‘मलाई पत्रकारले […]