भदौ १ देखि नयाँ देवानी संहिता कार्यान्वनमा आएसँगै शिशुको घटनादर्ताका सन्दर्भमा असमझदारी भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन मन्त्रालयसँग राय मागेको छ । देवानी संहिताले तोकेबमोजिम बाहेकको अवस्थामा विवाह भई शिशु जन्मिएमा के आधारमा घटना दर्ता गर्ने ? विवाह दर्ता हुने कि नहुने भन्ने विषयमा राय मागेको हो । नयाँ संहिताले केटा तथा […]
बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय […]
जनकपुरधाम पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो । उनीहरू दुबैजनाको घटनास्थलमै मृत्यु भएको […]
किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् । पीडित किशोरीले दिएको जाहेरीका आधारमा उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरी […]
व्यक्ति हत्याका एक जना अभियुक्तलाई दाङ प्रहरीले सात वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ। राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३७ वर्षीय किरण भनिने कुमवीर बूढालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो। बूढामाथि घोराही उपमहानगरपालिका १० दक्षिण अम्राइका ३६ वर्षीय टेकबहादुर घर्तीको २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग […]
नेपाल पोलिसले नागढुंगा बाट नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्। नक्कली सुनलाई सक्कली भनेर बेचबिखन गर्ने उद्देश्यले ओसारपसार गरिरहेको छ भन्ने […]
महानगरीय प्रहरी परिसर, काठमाडौंले एक सामान्य घटनाका आरोपितलाई पक्राउ गर्न आइतबार दिउँसो गोली चलाएको छ तर पक्राउ गर्न नसकेको कुरा प्रहरी ले बताएको छ। प्रेमीले धोका दिएपछि प्रहरीमा जबरजस्तीकरणी प्रयासको मुद्दा दर्ता गर्न भन्दै आएकी एक मोडलको पीडकलाई पक्राउ गर्न प्रहरीले हवाई फायरिङ गरेको प्रहरी स्रोतले बतायो । दिउँसो परिसरबाट खटिएको सादा पोशाकको टोलीले किसान […]
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएको छ । प्रकाण्डका छोरा वीरेन्द्र विश्वकर्माले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशद्वयको संयुक्तको इजलासले प्रहरीले विश्वकर्मालाई फौजदारी संहिता उलंघन गर्दै गरेको […]
लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ । कटारी-दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएको हो । पुल भासिएपछि चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलको पिलर भासिएपछि पुल नै लचकिएको छ । अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत […]