
जनकपुरधाम पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो ।
उनीहरू दुबैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारापनीले जनाएको छ । मृतक दुर्इ दाजुभाइ हुन् ।