572 views 0 secs 0 comments

बल्खुको तरकारी बजारमा काम गर्ने एक जना मजदुर मृत अवस्थामा फेला…

In Uncategorized
६ फाल्गुन २०७६, मंगलवार १५:५८

बल्खुको तरकारी बजारमा काम गर्ने एक जना मजदुर मृत अवस्थामा भेटिएका छन् ।
बजार नजिकै रहेको ८/९ फिट गहिरो तलाउमा सर्लाहीको बर्थवा घर भएका उमेश महतोको शव भेटिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी बोगटीका अनुसार महतो २८ माघदेखि हराइरहेको भन्दै खोजतलासका लागि उजुरी पनि परेको थियो । ‘खोजी जारी रहेकै बेला उनी पानीमा डुबेको अवस्थामा भेटिएका हुन्’, बोगटीले भने, ‘हराउनु अघि उनीसहित ४ जना साथी सँगै बसेको खुलेको छ ।’
उनको शरीरमा कुनै चोटपटक देखिएको छैन । यद्यपि, मृत्युको कारण खुलिसकेको छैन । प्रहरीले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ ।
‘तलाउको किनारमा कपडा खोलेर राखेको देखिन्छ’, अनुसनधानमा संलग्न अधिकृत भन्छन्, ‘कपडामा ५/६ हजार रुपैयाँ पनि बरामद भएको छ । उनी आफैं तलाउमा छिरे वा के भयो भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।’