– ठेक्का सम्झौताअनुसार त्रिपुरेश्वर–नागढुंगा (१२.६ किलोमिटर)को सडक २०७४ पुस मसान्तभित्रै सडक निर्माण भइसक्नुपथ्र्याे। सडक निर्माणको सम्झौता सकिएको एक वर्ष पुग्न लाग्दा पनि सडक अधुरै छ। ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेपछि अहिलेसम्म सडकको ५० प्रतिशत काम मात्रै सकिएको छ। – चाबहिल–जोरपाटी–साँघु (१२.५ किलोमिटर) सडक २०७४ असोज मसान्तभित्रै सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियो। […]
१ दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा ‘ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक हुन् गायक गगन सरगम । यिनै सरगमको नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ । यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा गायक […]
गायिका मन्जु रसाईलिको आवाजमा रहेको “फ़ुलबुट्टे चोली” नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतको भिडियो पनि निर्माण भएको छ । गीतमा अर्जुन थापाको शब्द/रचना तथा संगीत रहेको छ भने राजु कार्कीको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियो लाई उत्सब दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेको सम्पादन अनि सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको […]
काठमाडौं- भारतीय दूतावास काठमाडौँले विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम गरेको छ। दूतावास परिसर लैनचौरमा कार्यक्रम भएको थियो। राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न पेशका झण्डै १ हजार भन्दा बढी व्यक्तिहरुले सो कार्यक्रम अवलोकन गरेको दूतावासले जनाएको छ। कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर […]
काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपालीको’ लक्ष्य पूरा गर्नमा सुरक्षा संगठनको महत्वपूर्ण भूमिका रहने बताएका छन्। त्यसका लागि राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु समेत आफ्नो जिम्मेवारी र दायित्वप्रति संवेदनशील भई कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनु पर्ने उनको भनाई छ। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित […]
प्रक्रियामा अनियमितता भए नभएको अध्ययन गरेर सात दिन भित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। लेखा समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरिएको थियो। समितिले वाइडबडी खरिद सार्वजनिक खरिद ऐन अनुसार भए नभएकोबारे अध्ययन गरी राय सुझाव दिन भनेको छ। बैठकमा कार्यालयका सचिव मधु रेग्मीले १ […]
विराटनगर– भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ। भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै २ हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए। ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा […]
बेइजिङ – चीनका प्रधानमन्त्री ली खछ्याङ र बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनबीच मंगलबार भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्री लीले चीन बेलायतसँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन र दुवै देश र त्यहाँका जनताको हितका लागि आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताएका छन्। ली निकट स्रोतले बताएअनुसार बेइजिङको जोङनानहाई परिसरमा भएको भेटमा चिनियाँ प्रधानमन्त्रीले […]
काठमाडौं – इङ्लिस क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न समूह ‘एफ’ को खेलमा फ्रान्सेली क्लब लियोनसँग २–२ गोलको बराबरी रोकिएपनि सिटी अन्तिम १६ मा स्थान बनाउन सफल भयो। लियोनका लागि ५५ र ८१ औं मिनेटमा म्याक्सवेल कोर्नेटले गोल गर्दा सिटीबाट ६२ औं मिनेटमा एमिरिक लापोर्ट र ८३ […]
उर्लाबारी – मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राति ट्रिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका […]