फरिया ल्याउछ कि ल्याउदैन भनेर पुजन लाई भने तनाब (भिडियो सहित)

In मनोरञ्जन
१२ मंसिर २०७५, बुधबार २१:४१

गायिका मन्जु रसाईलिको आवाजमा रहेको “फ़ुलबुट्टे चोली” नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतको भिडियो पनि निर्माण भएको छ ।

गीतमा अर्जुन थापाको शब्द/रचना तथा संगीत रहेको छ भने राजु कार्कीको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको भिडियो लाई उत्सब दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेको सम्पादन अनि सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा पुजन घिमिरे र कमल सिंहको अभिनय देख्न सकिन्छ । भिडियो लाई अप्सन मिडिया एण्ड ईन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।