नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक

In मनोरञ्जन
१३ मंसिर २०७५, बिहीबार २०:५१

१ दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा ‘ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक हुन् गायक गगन सरगम । यिनै सरगमको नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा गायक गगन स्वयंम आफै अनि मोडल जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

भिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन अनि युवराज वाईबाको निर्देशन रहेको छ ।