सार्वजनिक खरिद अनुगमन कार्यालयलाई राय सहित प्रतिवेदन दिन निर्देशन

In राजनीति
१२ मंसिर २०७५, बुधबार १४:४८

प्रक्रियामा अनियमितता भए नभएको अध्ययन गरेर सात दिन भित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ।

लेखा समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरिएको थियो। समितिले वाइडबडी खरिद सार्वजनिक खरिद ऐन अनुसार भए नभएकोबारे अध्ययन गरी राय सुझाव दिन भनेको छ।

बैठकमा कार्यालयका सचिव मधु रेग्मीले १ हजार घण्टा उडेको विमान ल्याइएको भनिएको बताउँदै सिधै कम्पनीसँग नयाँ विमान किन्दा कमिसन रकम सरकारलाई आउने बताएका थिए। बैठकमा उनले अध्ययन गरेर प्रतिवेदन बुझाउने बताए।

यस अघि बसेको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सभापति भरत शाहले ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरेका थिए।