जिल्ला अदालत काठमाडौंले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेल र दुई जना कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अस्पतालकी कर्मचारी बिमला तामाङ ३ असारमा मै मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो तर, मृतकका आफन्तले भने उनको हत्या भएको भन्दै किटानी दिएका थिए ।
कैलालीको घोडाघोडी नगरपालिका-१ सुख्खडस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भउको छ । से७प १३४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका-४ का २६ वर्षीय अशोक चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले भारत तस्करी हुँदै गरेको १२० किलोग्राम गाजासहित ४ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका-१७ का २१ वर्षीय रमेश लामिछाने (कार चालक), पर्साको पटेर्वासुगौली गाउँपालिका-४ का ४२ वर्षीय प्रेम दास (मोटरसाइकल चालक), पर्साकै सखुवाप्रसौनी गाउँपालिका-६ का ३५ वर्षीय राजेश खवास र सर्लाहीको लालबन्दी नगरपालिका-१७ का २० वर्षीय […]
काठमाडौं महानगरपालिका १४ कलंकीस्थित एउटा सटरभित्र केही मानिस बियरका कार्टुन उठाउँदै छन् । कोही फुटेका सिसी पन्छाउँदै त कोही कार्टुन/बोतलमा लागेको हिलो पुछ्न व्यस्त थिए । ड्याम बुट र हातमा पञ्जा लगाएर गोदाम सञ्चालक प्रल्हाद गौतम पनि हिलो सफा गर्न लागिपरेका छन् । ‘शुक्रबारको तहसनहस सफा गर्ने जाँगर बल्ल आयो । करोडौंको सामान हिलोमै डुब्यो […]
सरकारले कमैया प्रथा अन्त्य घोषणा गरेको आज १९ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिए पनि उनीहरुको गाँसबासको प्रवन्ध सरकारले नमिलाइदिँदा मुक्त कमैयाहरुले आन्दोलनको रुपमा मुक्ति दिवस मनाउँदै आएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे १० मा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । ३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार […]
सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ । एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् ।
नयाँ आर्थिक वर्ष २०७६/७७ आजबाट शुरु भएको छ । सरकारले बजेटमार्फत लिएका नयाँ नीति र घोषणाहरु आजैबाट कार्यान्वयनमा जानेछन् । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण सहित नयाँ आवको बजेट गत १५ असारमा सार्वजनिक गरेको थियो । सो बजेटले १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । बजेटको स्रोतका […]
शरीरमा लुकाएर ल्याउँदै गरेको लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालिका वडा नं २६ बस्ने ३७ वषर्ीय राजु सिटौला पक्राउ परेका हुन् ।
प्रदेश २ सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले सर्वसम्मतिका आधारमा बजेट पारित गरेको हो । प्रदेश १ सरकारले गत असार १ रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको थियो । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार […]