747 views 0 secs 0 comments

पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको गाडीआपसमा ठोक्किँदा , एकको मृत्यु, १८ घाइते…

In देश
२ श्रावण २०७६, बिहीबार १०:३१

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे १० मा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।