प्रदेश २ को बजेट पारित…

In आर्थिक
१ श्रावण २०७६, बुधबार १३:२६

प्रदेश २ सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले सर्वसम्मतिका आधारमा बजेट पारित गरेको हो ।

प्रदेश १ सरकारले गत असार १ रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको थियो । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो ।