Home > Articles posted by NewsDesk (Page 212)
FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १८:२९
608 views 0 secs

मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् । मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन । समाचार अनुसार, उनको हात र शरीरको पछाडिको भाग करिब […]

FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १७:५९
644 views 1 sec

सहकारीमा बचत गरेको करोडौं रुपैयाँ अपचलन गरी असार २३ गतेदेखि ‘बेपत्ता’ भएका धरान-१२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण दर्नाल विश्वकर्मा बुटवलबाट पक्राउ परेका छन् । पक्राउ परेका विश्वकर्माले बचतकर्ताको रकम अपचलन गर्न आफ्नो छोरा मोहनलाई प्रबन्धक र साली कमलादेवी विकलाई लेखा प्रमुख बनाएको रहस्य पनि खुलेको छ । मोहन र कमला […]

FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १७:०१
604 views 0 secs

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का ११ वर्षीय बालक मेदिम राईको सप्तकोसी नदीले बगाएर मृत्यु भएको छ। शुक्रबार दिउँसो पौने १ बजे मेदिमसहित ५ जना नदीमा पौडी खेल्न गएकोमा बालकलाई नदीले बगाएको थियो। घटनास्थलदेखि करिब ८०० मिटर तल नदीले बालकलाई बगाउँदै गरेको देखेर सो स्थानमा माछा मार्ने व्यक्तिहरूले उद्धार गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १६:५०
582 views 0 secs

रूसको मस्कोनजिकै बिहीबार एक चालकले मकैबारीमा जहाज अवतरण गराएका छन्। मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ठोकिएको थियो। चरा ठोक्किएर जहाजका दुबै इन्जिनमा समस्या आएको थियो। प्लेन उड्नेबित्तिकै धेरै हल्लिन थालेको एक यात्रुले बताए। जहाजभित्रका बत्तिहरू निभेपछि यात्रुहरू आत्तिन थालेका थिए। तर चालकले निकै संयमताका […]

FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १६:३७
583 views 0 secs

बागलुङ जिल्ला प्रहरी कार्यालयले छुटृाछुटृै मुद्दामा आरोप लागेका तीन अभियुक्तलाई आज सार्वजनिक गरेको छ । ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई सार्वजनिक गरिएको हो । निजले वोबाङ गाउँमा गत साउन २५ गते राति वृद्ध दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप लागेको थियो । निज […]

FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १६:०५
686 views 0 secs

पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको […]

FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १५:५३
514 views 0 secs

कपिलवस्तुको बाणगंगा ४ बुङ्चीमा भएको दुर्घटनामा परेर २ जना युवा घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको लु ३७ प २५६४ स्कुटी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ४६ प ९००५ नं स्कुटी एक आपसमा ठोकिँदा स्कुटी चालकद्वय वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुर निवासी ३५ वर्षका शेखर भुषाल र सोही स्थान मनहरापुरका २९ वर्षका […]

FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १५:३१
1687 views 0 secs

हिजो अचानक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गम्भीर बन्दै गएको चर्चा सुरु भएको थियो । यो बीचमा प्रधानमन्त्री ओली आफैंले आफू अहिले स्वस्थ्य रहेको उल्लेख गर्नुभएको छ । आज झापाका जनप्रतिनिधिहरुसँगको भेटमा ओलीले आफ्नो स्वास्थ्य अवस्था चिन्ता लिनुपर्ने खालको नभएको स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, ‘म सिकिस्तै भएको खबर सुनेर आउनुभएको होला । म […]

FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १५:२१
622 views 0 secs

कर्णाली प्रदेशमा नेत्र विक्रम चन्द ‘विप्लव’ समुहको प्रभाव निक्कै कडा भएको अनुमान गर्न थालिएको छ । यस प्रदेशका जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विप्लव समुहले जता गयो उतै बम विस्फोट गराउँदै आइरहेको छ । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम […]

FEATURE
on ३१ श्रावण २०७६, शुक्रबार १४:५१
632 views 0 secs

चर्चित पत्रकार शाकिराम पुडासैनीको आ’त्मह’त्या प्रकरणलाई लिएर अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताकाले फरकफरक धारणा व्यक्त गर्न थालेका छन् । यस घटनामा संलग्न भएको भन्दै पक्राउ परेका न्यूज २४ कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई म्याद थप गर्न चितवन जिल्ला अदालत लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने र कँडेललाई अदालतबाट आजै […]