570 views 0 secs 0 comments

११ वर्षीय बालक सप्तकोसी नदीले बगाएर मृत्यु…

In देश, समाज
३१ श्रावण २०७६, शुक्रबार १७:०१

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का ११ वर्षीय बालक मेदिम राईको सप्तकोसी नदीले बगाएर मृत्यु भएको छ।
शुक्रबार दिउँसो पौने १ बजे मेदिमसहित ५ जना नदीमा पौडी खेल्न गएकोमा बालकलाई नदीले बगाएको थियो।
घटनास्थलदेखि करिब ८०० मिटर तल नदीले बालकलाई बगाउँदै गरेको देखेर सो स्थानमा माछा मार्ने व्यक्तिहरूले उद्धार गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।