सरकारी वकिलको कार्यालय, हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन आरोपमा धरौटीमा रिहा भएका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै सोमबार उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएको छ। केही दिनअघि चितवन जिल्ला अदालतको धरौटी लिने तथा विदेश भ्रमणमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध आरोपी […]
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ। महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाईट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताएका हुन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गरे। नवनियुक्त […]
वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका ३२ बर्षका अजय दासको मृत्यु भएको हो । वीरगञ्ज -१५ ब्रम्हचौकमा स्थानीय माइक मेहताले बनाउँदै गरेको ओम होटल एण्ड पार्टी प्यालेसमा विद्युतको काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए ।घाइते अवस्थामा उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको […]
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवानलाई घूससहित पक्राउ परेको छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रहरी जवान गम्हीरा साह तेलीलाई सेवाग्राहीसँग ५ हजार घूस लिइरहेको अवस्थामै पक्राउ गरेको हो। वीरगञ्जको माइस्थान मन्दिर अगाडि रहेको भरत दही एण्ड स्वीट्स पसलमा सेवाग्राहीसँग घूसवापतको रकम लिने गरिहेको विशेष सूचनाको आधारमा प्रहरी जवान गम्हीरालाई अख्तियारको टोलीले पक्राउ […]
राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत छ । यहाँको सार्वजनिक यातायातमा यात्रुलाई अचाक्ली सकस छ । यसलाई न्युनीकरण गर्न सोमबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ । ‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा […]
बारा प्रहरीले १५ हजार किलो सुपारी बरामद गरेको छ। इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढ नगरपालिका-९ बाट ३१ लाख ३५ हजार ७५० रुपैयाँको सुपारी बरामद गरेको हो। बिना कागजातको उक्त सुपारी लु२ख ३७ नम्बरको ट्रकमा ल्याइएको थियो। रुपन्देहीबाट बारा-पर्सा हुँदै चोरी बाटोबाट भारत निकासी गर्न लागिएको सुपारी बरामद गरिएको बारा प्रहरीले जनाएको छ। बरामद सुपारीसहित […]
डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। सोमबार दिउँसो हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो। आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। भन्सारले पक्राउ परेका व्यक्ति र सुनबारे अनुसन्धान गरिरहेको छ।
एकै साथ दुई बालिकालार्ई जंगलमा लगी करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । दुई बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पा त्रिवेणी गाउँपालिका—४ का २८ वर्षीय सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार दिउँसो ६ वर्षीय र १२ वर्षीय बालिकालाई जंगलमा पुयाई जवरजस्ती गर्न खोजेको सुचनाको आधारमा सुनारलाई प्रहरीले पक्राउ गरेको […]
धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो । अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तरकारी किनेर घर फर्किदै गर्दा मिथिला विहारी नगरपालिका–८ कचुरी सडकखण्डमा मोटरसाइकलमा […]
आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ पर्नुभएको छ । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए […]