Home > Articles posted by NewsDesk (Page 182)
FEATURE
on २४ भाद्र २०७६, मंगलवार १५:४०
765 views 0 secs

कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ परेका छन् । अवैध रुपमा लुकाई छिपाई ल्याएको १ केजी ४ सय ग्राम सुन सहित तनहुँ छिपछिपे नगरपालिका–७ घर भएका ५० वर्षीय होम बहादुर गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। हिमालयन एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १५:१४
680 views 0 secs

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन राना रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । भुसुनाको टोकाइबाट यो रोग लाग्ने गर्दछ […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १४:५१
540 views 0 secs

प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् । एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो । पक्राउ परेका घिसिङलाई जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी भइरहेको एसपी सिंहले जानकारी दिइन् । पक्राउ […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १४:२१
757 views 0 secs

राजधानीमा व्यक्ति हत्याको योजना बनाएर बाराबाट काठमाडौं आइपुगेका एक व्यक्तिलाई भक्तपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बारा फेटा गाउँपालिका-३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई सोमबार राति साढे ८ बजे पक्राउ गरेको हो। भक्तपुर परिसर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार साहलाई जगाती क्षेत्रबाट पक्राउ गरिएको हो। उनी त्यहाँ […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १३:४०
565 views 0 secs

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए। दर्नाल डा. घिमिरेको घरमा लामो समयदेखि सहयोगीका रुपमा काम गर्दै आएकी थिइन्। घरमा कोही नभएको मौका छोपेर महिलाले घरको […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १३:१६
431 views 0 secs

देशभर डेँगुको त्रास बढिरहेका बेला पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ। अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ। अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १२:५०
563 views 0 secs

नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मुल्य घटाएको छ । आज मंगलबार दिउँसो १२ बजेपछि लागु हुने गरी पेट्रोल,डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाइएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । लामो समयदेखि चर्चामा रहेको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आजबाट औपचारिक उद्घाटनसँगै पाइपमार्फत नेपालमा पेट्रोलियम पदार्थ आउने भएसँगै निगमले तेल घटाएको हो । […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १२:२७
747 views 0 secs

काठमाडौं उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरू भएको छ। काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो य:सिं ठड्याएर इन्द्रजात्राको सुरूआत गरिएको हो। भक्तपुरको चित्तपोलबाट ल्याइएको य:सिं हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने चलन रहेको छ। यो य:सिं गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरू भएको मानिन्छ। इन्द्र जात्रा सुरू भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १२:०७
758 views 0 secs

पछिल्लो समय लगातार बढेको सुनको भाउ आज भने ह्वात्तै घटेको छ । हिजो सोमबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको भाउ आज भने ७ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार ११:४८
646 views 0 secs

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो। सोही स्थानमा आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गरेकी एक युवतीलाई स्थानीय दश युवाले डरत्रास देखाइ उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी […]