मंसिर शीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । आज काभ्रेपलाञ्चोकको […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विचार, विद्या र बुद्धिको विकास […]
नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई […]
नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो । दुर्घटनामा घाइते पाँच जना नेपालीको अवस्था सामान्य […]
कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही पार्टी भित्रको आन्तरिक चुनावमा पराजित हुन पुगेका छन् । शुक्रबार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदको मतगणना हुन केही समयअघि मात्रै टेलिभिजनसँगको अन्तरवार्तामा आफू जित्नेमा ढुक्क भएको बताएका थिए । ‘बुढानीलकण्ठबाट म सर्वसम्मत भइसकेको मान्छे हुँ । म निर्विरोध हुँ,’ उनले भनेका थिए । तर, सह–महामन्त्रीको अन्तिम मत परिणाम […]
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । दुई वटा खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा र एउटा खेल पोखरामा हुनेछ । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो एक बजे च्यासल युथ क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । च्यासल ४ खेलमा ४ अङ्कका साथ दशौँ स्थानमा छ । समान खेलमा […]
काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार आज काठमाण्डौको अधिकतम तापक्रम भने १७ देखि […]
१९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ । बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरे । यो जितसँगै नेपालले तीन खेलमा ७ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा […]
भोलिदेखि ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइँदैछ । प्रदेश-१ का ११, प्रदेश-२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ/नौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो । प्रदेश-१ मा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर रहेका […]
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ । प्रदेश-२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो । उहाँ शेरबहादुर देउवा समूहकी हुनुहुन्छ । उहाँले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्नुभएको हो । चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गर्नुभयो ।