तुलसीपुरको गहते खोला नजिकै भएको हायस दुर्घटनामा परेका एक घाइतेको मृत्यु भएको छ । हायसमा सवार बबई गाउँपालिका वडा नं. ७ निवासी ६० वर्षीया मुन्य चौधरीको उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले घाइते चौधरीको बाटो मै मृत्यु भएको जानकारी दिए । गम्भीर घाइते चौधरीलाई […]
पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ केराबारीका ७६ वर्षीय वृद्ध भीम नेम्वाङको भीरबाट लडेर मृत्यु भएको छ। बुधबार बिहान ११ बजे गाउँ डुल्न जान्छु भनी हिँडेका नेम्वाङ बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा घरनजिकै रहेको छाङ्गे भीरभन्दामुनि दुई मिटर तल झाँडीमा मृत अवस्थामा फेला परेका थिए। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटेर कानुनी […]
संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ। स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्रदान […]
नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ। काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए। बैठकले श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार […]
राजश्व छलेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो । झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडौंको एएस हार्डवेयरका सञ्चालक सरला श्रेष्ठसमेत सात जना, काठमाडौंको […]
निरन्तरको वर्षापछि बाँकेको खजुरा, जानकी गाउँपालिका, सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा परेका छन् । पानीले बस्ती डुबे पनि मानवीय र भौतिक क्षति भने भएको छैन । केही दिनदेखि परेको वर्षाको पानीले निकास नपाएपछि जिल्लाका बस्तीहरू डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार, जिल्लाको खजुरा गाउँपालिका यसपटकको वर्षाले सबैभन्दा धेरै प्रभावित भएको छ […]
एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत, धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो । झण्डै एक वर्षअघि विसं २०७५ असोज २६ गते दुर्गा […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै काठमाडौंमा एक प्रहरी चौकीका इन्चार्जलाई पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पन्त पक्राउ परेको पुष्टि गरेका छन् । उनले भने, ‘पक्राउ गरिएको हो […]
काठमाडौंको कपनमा एक महिला आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छन् । कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्ने अन्दाजी ५५/५६ वर्षकी कमला केसी नामकी महिला मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी सिंहले जानकारी दिए । प्रहरीका अनुसार उनको मृत्युको कारण खुलेको छैन । श्रीमानसँग सम्बन्धविच्छेद गरेकी ती महिला हात बाँधेको र […]
निरन्तरको वर्षापछि उर्लिएर आएको नारायणी नदिमा हामफालेर एकजमा युवा बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–११ का २५ वर्षीय उद्धार पौडेल नाम गरेका युवाले नारायणी पुलबाट हामफालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विहानको करिव साढे १० बजे तिर पुलबाट बाढीसँगै उर्लेको नदीमा हाम फालेका थिए। हामफाल्ने युवाको पछि मोटरसाइकलमा आएका एक युवाले ती […]