Home > Articles posted by NewsDesk (Page 168)
FEATURE
on ७ आश्विन २०७६, मंगलवार १०:४५
472 views 0 secs

चितवनको भरतपुर महानगरपालिका-४ दुर्गा चोकस्थित युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी भएको छ । नारायणगढ बजारमा रहेको युनाइटेड प्याकेजिङ उद्योगले कागजका कार्टुन उत्पादन गर्दै आएको थियो । मंगलबार बिहान करिब २ बजेतिर आगो लागेको र नियन्त्रणको प्रयास जारी रहेको नारायणगढ प्रहरीले जनाएको छ । दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएका छन् । आगलागीको कारण खुलेको […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १६:५९
967 views 0 secs

यसवर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय सोमबार अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १६:२२
480 views 0 secs

सप्तरी सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय सहयोगी घूससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग २ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।

FEATURE
on ६ आश्विन २०७६, सोमबार १६:१३
575 views 1 sec

भोजपुरबाट दुई थान अटोमेटिक पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भोजपुर नगरपालिका-१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका-५ चोलन्तीका ४३ वर्षीय बमबहादुर विष्टलाई हातहतियार तथा विस्फोटक पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आइतबार दिउँसो प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्याग्जिन २ थान, गोली १० राउण्ड, […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १५:५९
471 views 0 secs

वैदेशिक रोजगार ठगीमा अदालतबाट डेढ वर्ष कैद सजाय भई फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं १० की ४६ वर्षीया विमला थापालाई बानेश्वरबाट पक्राउ गरेको हो। सरिताकुमारी सापकोटाको जाहेरीले उनलाई वैदेशिक रोगगार ठगीमा अदालतले २०७४ साल असार २६ गते एक वर्ष ६ महिना कैद र एक लाख पचास हजार जरिवाना […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १५:४६
813 views 0 secs

गोरखाको मनकामनाबाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। सहिदलखन गाउँपालिका वडा नम्बर ३ बाट प्रहरीले कमानसिं गुरूङलाई एक थान भरूवा बन्दुकसहित पक्राउ गरेको हो। उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय लगिएको छ। अनुमति बेगर घरमा राखेको हतियारसहित गुरूङ पक्राउ परेका हुन्। घाममा सुकाइराखेको अवस्थामा बन्दुक प्रहरीले बरामद गरेको थियो। गुरूङविरूद्ध हातहतियार तथा खरखजना मुद्दा लगाउने […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १५:२३
556 views 0 secs

कैलालीमा एक पुरुषले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् । गौरीगंगा नगरपालिका-५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी बस्नेतले बताए । गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १४:२९
468 views 0 secs

मध्य अमेरिकी राष्ट्र कोलम्बियाको एउटा प्रहरी जाँच चौकीमा भएको ग्रि’नेड आक्र’मणमा कम्तीमा १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशको उत्तरतर्फ रहेको सार्डिनाटा शहर नजिकै लस मर्सिडेजमा शनिबार अबेर राति उक्त आक्र’मण भएको हो । उक्त नगर क्षेत्रमा स्थानीयबासी एउटा धार्मिक समारोहमा सहभागी भइरहेका बेला ग्रि’नेड हम’ला गरिएको थियो । प्रहरी […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १४:१६
602 views 0 secs

भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आँपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना ४४ […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १३:४१
616 views 0 secs

सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिनुभयो । मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराजस्थित गजेन्द्र अस्पतालमा भर्ना गरे पनि उपचारको क्रममा राति नै उनको मृत्यु भएको […]