Home > Articles posted by NewsDesk (Page 163)
FEATURE
on १२ आश्विन २०७६, आईतवार १२:४१
568 views 0 secs

नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक […]

FEATURE
on ११ आश्विन २०७६, शनिबार १७:२०
605 views 0 secs

सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगा खस्दा बस चालक घाइते भएका छन्। पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नं. यात्रुवाहक बसमा दिउँसो सवा १ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै हेडबक्स माथिबाट ढुंगा खसेको हो। सडकको ५ सय मिटर माथिबाट खसेको उक्त ढुंगा […]

FEATURE
on ११ आश्विन २०७६, शनिबार १६:४६
668 views 0 secs

‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको […]

FEATURE
on ११ आश्विन २०७६, शनिबार १५:४५
686 views 1 sec

शनिबार बिहान धादिङबेंसी-सल्यानटार सडकखण्डको ज्यामिरेमा भएको ट्याक्टर दुर्घटनामा ९ जना सडक मजदुर सख्त घाइते भएका छन् । दुर्घटनामा पर्ने घाइतेहरु सबै सडकखण्ड कालोपत्रे गर्ने जिम्मा लिएको नवकान्तिपुर कन्ट्रक्सनमा कार्यरत मजदुरहरु हुन् । निर्माण कम्पनीको सम्पर्क कार्यालय रहेको निगालपानीबाट ना६च २७८० नम्बरको निर्माण कम्पनीकै ट्याक्टरमा १४ जना चढेका थिए। बर्दिया राजापुर २ निवासी सन्जयकुमार चौधरीले तीव्र […]

FEATURE
on ११ आश्विन २०७६, शनिबार १५:२४
1055 views 0 secs

जिल्ला अदालतले बासगढी नगरपालिका—४ पहाडीपुरकी २९ वर्षिया अनु हमाल भन्ने दिल कुमारी थापालाई ६ वर्षीया छोरीलाई मारेको आरोपमा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ ९ गते राति थापाकी छोरी सिम्रन खाटबाट लडेर भन्दै उनले उपचारका लागि शिक्षण अस्पताल लगेकी थिइन् । उपचारकै क्रममा सम्रिनाको मृत्यु भएको थियो ।

FEATURE
on ११ आश्विन २०७६, शनिबार १५:१५
635 views 0 secs

मदिरा सेवन गरी यात्रुवाहक बस चलाउने चालकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ। झापाको कन्काई नगरपालिका–४ का ३३ वर्षीय चालक पुण्यप्रसाद सिटौलालाई प्रहरीको टोलीले शुक्रबार बिहान पक्राउ गरेको थियो। पूर्व–पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो। उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूर गरेको […]

FEATURE
on ११ आश्विन २०७६, शनिबार १४:०४
574 views 0 secs

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानेन्द्र मौर्यलाई प्रतापपुरबाट घुस रकमसहित पक्राउ गरेको छ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत सशस्त्र प्रहरी बेश क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार मौर्यलाई सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । मौर्यले सामान ल्याउन तथा लैजानका लागि […]

FEATURE
on ११ आश्विन २०७६, शनिबार १३:५०
471 views 0 secs

ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १४ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो। महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष्ठ, अर्जुन राई, राजेन्द्रबाबु अर्याल, गोकुलप्रसाद महतो, जीतेन्द्र बस्नेत, सुपेन्द्र श्रेष्ठ, राजु लामा र […]

FEATURE
on ११ आश्विन २०७६, शनिबार १३:३४
706 views 0 secs

घोराही बजारमा रहेको एक फेन्सी स्टोरमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ निमाहल लाइन नजिकै रहेको सल्यानी फेन्सी स्टोर्समा आगलागी भएको छ । विद्युत सर्ट भएर लागेको आगोवाट स्टोरमा रहेका कपडा, जुत्ता, चप्पल जल्न पुग्दा झन्डै ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।

FEATURE
on ११ आश्विन २०७६, शनिबार १३:२६
460 views 0 secs

दाङ प्रहरीले चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ। लमही नगरपालिका वडा नं. ४ अर्नवा निवासी सम्मान गुरुङ, प्रदिप चौधरी र लमही ५ आदर्श टोल निवासी अनिलसिंह बस्नेत मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका छन्। उनीहरु तीनै जनाले असोज ४ गते रातको साढे ९ बजेतिर लमही नगरपालिका वडा नं. ५ निवासी प्रदिप परियारको रा […]